Filed Under:  काका र फुचुङ्ग्री | लल्लुराम

२०७१ असोज २५ गते

11th October 2014   ·   0 Comments

फुचुङ्ग्री : सुन्नु भो काका ? त्यत्रो दिनसम्म संसद अवरुद्ध भयो । एमाओवादीले आफूमात्रै राजनीतिक समितिको संयोजक बनिरहने माग छोडेछ । त्यसपछि त आफूले पनि खान पाइने भएपछि कांग्रेस–एमालेका अंकलहरु पनि ¥याल चुहाउँदै राजनीतिक समिति गठन गर्न सहमत भएछन् नि ?

काका : त्यै त भन्या नि फुच्ची । त्यही गर्नु थियो भने त्यत्रो दिनसम्म संसद अवरुद्ध किन गराउनु ? देश र जनताका नाममा जे छ खानकै लागि छ भन्ने कुरा साहै्र आना सही देखियो । कि कसो ?

फुचुङ्ग्री : उच्चस्तरीय राजनीतिक समिति गठन त भएछ काका । तर त्यसका लागि थालिएको आन्दोलनचाहिं नरोकिने रे । हाम्रा प्रचण्ड अंकल पनि कम्ता चलाख छैनन् नि । दुइवटा डुङ्गामा खुट्टा राख्न साह्रै सिपालु !

काका : तेरा प्रचण्ड अंकल पनि ‘बाठो कौवाले… खान्छ’ भनेको उखान दोहो¥याउने राम्रो पात्र बनेका छन् फुच्ची । दुइवटा डुङ्गामा खुट्टा राखेर नदी तर्न खोज्दा पनि कतै होला रे ?

फुचुङ्ग्री : अनि हाम्रा कांग्रेसी अंकलहरुलाई के भएको होला हँ ? अब त नेपाललाई हिन्दू राष्ट्र बनाउन हतियार पो उठाउने रे ? हाम्रा खुमबहादुर खड्का अंकलको रोग सरेछ कि क्या हो ?

काका : ‘नमच्चिने पिङको सय झड्का’ भनेको यै त होला नि फुच्ची । पहिले तेरा खुमबहादुर अंकल कस्सिएका थिए । अहिले चाहिं अरुले पनि साथ दिने भएछन् । जसरी हुन्छ संविधान निर्माणका लागि बाधक बनेर उभिने त हो नि । त्यसो भएमा दुइ÷चार वर्ष म्याद थपेर जागिर खान पाइएला कि भन्ने आशा होला नि तेरा कांग्रेसी अंकलहरुको पनि ।

फुचुङ्ग्री : हात्ती पार्टीका हात्ती नेताहरुले उच्चस्तरीय राजनीतिक समिति गठन गर्नेदेखि द्वन्द्वपीडितहरुलाई २ लाख दिने निर्णय गरेपछि एमालेमा त त्यै आगो लाग्या छ रे काका ?

काका : उफ ! के के सोध्छे यो फुचुंग्री पनि ???!!!

By

Readers Comments (0)