Filed Under:  काका र फुचुङ्ग्री | लल्लुराम

२०७१ असोज ४ गते

21st September 2014   ·   0 Comments

फुचुङ्ग्री : दसैं पनि आउन लाग्यो काका । अब त खुबै मज्जा आउने भो नि ? स्कूल पनि बिदा हुने भइगो !

काका : दसैं त आयो फुच्ची । हुनेलाई सधैं दसैं नहुनेलाई त दशा । महङ्गीले आकाश छुने मात्र होइन नाघिसक्यो । कसरी मनाउने हो म बूढाले नि दसैं ? स्कुल बन्द हुने भएपछि त तँ फुच्ची र तँ जस्ता लाखौं स्कुले विद्यार्थीलाई त त्यसै मासु खा’को जस्तो भइगो नि । कि कसो ?

फुचुङ्ग्री : उइले उइले माओवादी अंकलहरुका कुरा खुबै सुनिन्थ्यो काका । आजभोलि फेरि सिके राउत नामका बुद्धिजीवीको नाम पो आउन थाल्यो त बेस्सरी ? यी कस्ता बुद्धिजीवी रै’छन् हँ ?

काका : खै फुच्ची ? बुद्धिजीवी हुन् कि बुद्धूजीवी हुन् ? म बूढोले त छुट्याउनै सकिनँ । यै काँक्राजत्रो नेपाल छ । त्यै नेपाललाई नि टुक्राउने रे ! होलान् क्वै भुरेटाकुरे राजा बन्न खोजेका बुद्धूजीवी !

फुचुङ्ग्री : राप्रपा नेपालमा पनि कमल थापाले सताएर उनका गुरु पद्मसुन्दर लावतीले ‘नयाँशक्ति’ बनाउने घोषणा गरेछन् नि ? यिन्ले नि बाबुराम डाक्टर सापको सिको गरेका त होलान् हैन ?

काका : च्यापिएकाहरुले धम्की दिने एउटा न एउटा सूत्र निस्किरहन्छन् फुच्ची । तेरा डाक्टर बाबुरामले पछिल्लोपटक ‘नयाँशक्ति’ को सूत्र निकालेका छन् । त्यै सूत्र तेरा लावती अंकलले पनि प्रयोग गर्न खोजेका त होलान् नि ।

फुचुङ्ग्री : अनि आजभोलि नेपालको संविधान र वीरबलको खिचडी एउटै हो भन्न थालिएको छ काका । यो बीरबलको खिचडी भनेको के नि ?

काका : उफ !!! के–के सोध्छे यो फुचुङ्ग्री पनि ???!!!

By

Readers Comments (0)