Filed Under:  पर्यटकीय गन्तव्य

त्रिपुरेश्वरी मन्दिर खुङ्ग्री | धनिराम शर्मा

21st September 2014   ·   0 Comments

khungri 1पञ्चशक्ति पीठको रुपमा विश्वास गरिने खुुङ्ग्रीको त्रिपुरेश्वरी भगवती मन्दिर धार्मिक पर्यटकीय गन्तव्य हो । शक्तिपीठको रुपमा विश्वास गरिदै आएको त्रिपुुरा प्रचारप्रसार र प्रवद्र्धनात्मक काम हुुन नसक्दा अझैं ओझेलमा परेको छ । धार्मिक पर्यटकीय कोणबाट त्रिपुुरा निकै प्रसिद्ध भए पनि सम्बन्धित निकायको ध्यान पुुग्न नसक्दा उजागर हुुन नसकेको स्थानीय बताँउछन् ।

सत्य युुगमा महादेवले सतीदेवीको मृत शरिर बोकेर विश्वभ्रमण गर्दा देवीको ढाड पतन भएको धार्मिक ग्रन्थमा उल्लेख छ । जहाँ–जहाँ देवीको शरिर पतन भयो, त्यहाँ शक्तिपीठहरुको स्थापना भएको धार्मिक अगुुवाहरु बताउँछन् । देवीको पहिलो शरिरको अंग गुुहेश्वरी र अन्तिम अंग पतन सल्यानको छायाक्षेत्र भएको धार्मिक किंबदन्तीमा उल्लेख छ । त्रिपुुरामा मेघले तपस्या गरेको धार्मिक विश्वास छ । पुण्यभूमिको रुपमा रहेका त्रिपुरेश्वरी भगवती मन्दिर एक धार्मिक गन्तव्य भए पनि यसको पूर्वाधार निर्माण तथा प्रचारप्रसार हुुन नसकेको उनीहरुको तर्क छ ।

माण्डवी र लुङ्ग्री नदीको संगमस्थल चतुर्भूजको सिरानमा अवस्थित त्रिपूराको पुजाआजा गर्ने चलन सयौं वर्षदेखि हुँदै आएको बताइन्छ । विशेषगरी बडादसैंको अष्टमी र चैते दसैंको अष्टमीको दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । विशेष पूजाका बेला पाँच सय बढी बोकाको बलि दिने प्रचलन छ । काठमाण्डौं, नेपालगञ्ज, कैलाली, बर्दिया, बाग्लुङ, गुुल्मी, अर्घाखाँची, दाङ, प्यूठानलगायतका स्थानबाट देवीको दर्शन गर्न आउने गरेको स्थानीयले बताएका छन् । देवीको दर्शन गर्न छिमेकी मुलुक भारतबाट पनि आउने गर्दछन् ।

त्रिपुरेश्वरी देवी खुशी भए मनोकांक्षा पूरा हुुने स्थानीय अजिता सिंहले बताइन् । यतिमात्र होइन, निःसन्तान भएकाहरुले देवीको दर्शन गरे सन्तान प्राप्ति हुुने जनविश्वास रहेको छ । पुण्यभूमि रहेको त्रिपुरेश्वरी भगवती पञ्चशक्तिको रुपमा विश्वास गरिने उनले बताइन् ।

रोल्पाको खुङ्ग्री– २ मा पर्ने त्रिपुुुरेश्वरी भगवती मन्दिर दुुर्गा भगवतीको शक्तिपीठको रुपमा विश्वास गरिन्छ । दाङको भालुुबाङदेखि धार्मिक आस्थाको केन्द्र त्रिपुुरेश्वरी देवी भगवती मन्दिर पुुग्न झण्डै ७० किलोमिटरको सडक दूरी पार गर्नुुपर्छ । ओटासिल सडकमा हुुँइकिदै तिर्थालुुहरु देवीको दर्शन गर्न पुुग्न सक्छन् । प्रसिद्ध स्वर्गद्वारीको प्रवेशद्वार भिङ्ग्री बजारदेखि आठ किलोमिटर दूरीमा पर्दछ त्रिपुुरेश्वरी । रोल्पा सदरमुुकामदेखि ३८ किलोमिटर टाढा पर्दछ त्रिपुुरेश्वरी मन्दिर । माण्डवी र लुुंग्री नदीको संगमस्थलमा रहेको त्रिपुुरा प्राकृतिक आनन्द लिन सकिने स्थान पनि हो । नदीमा स्नान गरि देवीको दर्शन गरे पुण्य प्राप्ति हुुने बूढापाकाहरु बताउँछन् ।

वि.सं. २०४८ सालदेखि स्थानीयको नेतृत्वमा मन्दिर व्यवस्थापन तथा प्रवद्र्धनको काम हुुँदै आएको छ । यद्यपि हालसम्म कसैको ध्यान पुुग्न सकेको छैन । पछिल्लो चरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पीठको प्रवद्र्धन गर्न दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको स्थानीय युवा कमल भारतीले जानकारी दिए । अन्य निकायहरुबाट खासै पहल हुुन सकेको छैन । यसको विकासको लागि कसैको ध्यान पुुग्न नसक्दा पुण्यभूमि त्रिपुरा ओझेलमा परेको भारतीले बताए । यद्यपि पछिल्लो चरणमा त्रिपुराका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द्रप्रसाद पोख्रेल र सचिव भरत सुुवेदीले सहयोग गर्ने आश्वासन दिएको भारतीले जानकारी दिए ।

वार्षिक दश लाख आम्दानी भए पनि मन्दिर व्यवस्थापन, पूर्वाधार तथा प्रचारप्रसारको लागि पर्याप्त नहुुने भारतीले बताए । व्यवस्थापनमा स्थानीयको केही पहल भए पनि स्थानीय निकाय जिविस र गाविसले थप पहल थाल्नुुपर्ने उनको भनाइ छ । जिल्लाको पर्यटन गुुरुयोजनामा धार्मिक पर्यटकीय गन्तव्य त्रिपुुरेश्वरीलाई पनि समाहित गर्नुुपर्ने उनको माग छ । गुुरुयोजनामा समाहित भए त्रिपुरेश्वरीको प्रवद्र्धन हुुन सक्ने भारतीले आशा व्यक्त गरे ।

उता जिल्ला विकास समिति रोल्पाका पर्यटन फोकलपर्सन दीपेन्द्र डिसीले जिल्लाको पर्यटन योजनामा त्रिपुुरेश्वरी पनि समाहित हुुने बताए । ‘त्रिपुरा एक धार्मिक पर्यटकीय गन्तव्य हो, यद्यपि यसको प्रवद्र्धन गर्न बजेट अभावले पूूर्ण हुुन सकेको छैन’, उनले भने, ‘त्रिपुरेश्वरीको पूर्वाधार तथा प्रवद्र्धनका लागि जिविस लागिपरेको छ ।’ सन्यासीहरु मूलपूजारी रहने त्रिपुरामा चैते दसैं र बडादसैंमा ठूलो मेला लाग्ने गर्दछ । मेला भर्न बाहिरी जिल्लाहरुबाट पनि आउने गर्दछन् । पर्यटकहरुका लागि सुुरक्षा, आवास, पानीलगायतका सबै सुुविधा पाइन्छ खुुंग्रीमा । खुुंग्रीको सुुन्दर फाँट अनि शरद ऋतुु र बसन्त ऋतुुमा लाग्ने दसैं मेलाले भ्रमणकर्ताहरुलाई निकै आनन्द दिने गर्दछ । धार्मिक हिसाबले मात्र होइन प्रकृतिसँग रमाउन चाहने पर्यटकका लागि पनि त्रिपुुरेश्वरी भगवती मन्दिर उचित गन्तव्य भएको जानकारहरु बताउँछन् ।

खुुंग्री गाविसमा अवस्थित त्रिपुराको नजिकै माण्डवी नदीमा १४ मेघावाटको माडी हाइड्रोपावर पनि निर्माण हुुने भएको छ । हाइड्रोपावर राष्ट्रिय योजना आयोगको रातो किताबमा चढेको छ । हाइड्रोपावर निर्माण भएपछि मानवनिर्मित पर्यटकीय गन्तव्यले त्रिपुराको महत्वलाई थप बढावा दिने पर्यटन जानकारहरु बताउँछन् ।

By

Readers Comments (0)