Filed Under:  व्यक्ति

कामी बुढालाई पछ्याउँदा | नरेन्द्रजंग पिटर

20th September 2014   ·   3 Comments


Narendrajang pitar1Kami budha_CMYKचालिसको शुरुमै हामीहरु चितवनबाट नेपालगञ्ज पुग्यौं । शिक्षा, बजार, प्रशासनिक केन्द्र र राजनीतिको प्रमुख थलो भएता पनि राप्ती, भेरी र कर्णालीको पुल नबनिसकेकाले साँच्चैको नयाँ मुलुक र मौसमी ब्यापारीहरुको थलो थियो नेपालगञ्ज । हटारुहरुको बजार गर्ने थलो र शेष दुनियासँग सम्पर्क हुन पनि रुपैडिहाको नाका छिचोल्नुपर्ने हुन्थ्यो । सातसालको क्रान्तिमा दशरथ चन्द आश्रम र बाबुकृष्ण शर्माको योगदान पश्चिममा अपूर्व रहेको छ । राजनीतिलाई सामाजिकीकरण गर्न, गाउँ र सहर आन्दोलनमा जोड्ने वा बुद्धिजीवी र किसानलाई जोड्ने बाबुकृष्ण विस्मृतिको गर्भमै रहेका नायक हुन् । त्यो नरम दल र गरम दल भएर । नारायणी नदी पश्चिमको राजनीतिक नेतृत्व महेन्द्रविक्रम शाहको रहेको र पूर्वतर्फ बीपी कोइरालाको । पूर्वको राष्ट्रिय कांग्रेस, पश्चिमको प्रजातान्त्रिक कांग्रेस (एनडीसी) को नेतृत्वमा । पश्चिम सशस्त्र संघर्ष भएकाले पनि अहिले इतिहासका कुशल ब्यवस्थापकहरुले कांग्रेस भित्रको एनडीसीको भूमिका खासै उल्लेख गर्दैनन् । एनडीसीबाट कालान्तरमा धेरैजसो कम्युनिष्ट बने पनि ।

नेपालगञ्जमा मुलायम बेहना, कँुवर कल्लु सिंह, गोपालबहादुर कर्माचार्य, जनक कर्माचार्य, गोपाल श्रेष्ठ, रुपसिंह सिजापति, शेखर शर्मा, बदलुराम नेपाली आदि क्रान्तिकारीहरुको थलो थियो । नेपालगञ्जमा सातसालका मुक्ति सेनाका भेट्रान योद्धाहरु दीलमानसिंह थापा, श्याम तामाङ, डोनास ग्राङदान, गुलाबसिंहजस्ता अगुवा थिए । अझ दीलमान सिंह त सुभाषचन्द्र बोसको आजाद हिन्द सेनाको पुरस्कृत मात्र हैनन् बेलायती उपनिवेशी भारत र राणाकालीन नेपाल दुबै देशले फाँसीको सजाय माग गरेका ब्यक्तित्व, भारतीय स्वतन्त्रता सेनानीबाट सम्मानित । ००७ सालका योद्धा र मुक्तिसेनाका भेट्रानहरुसँगको निरन्तरको सम्पर्क रहँदै जाँदा हो… बाँकाबीर (आद्धाम) भीमदत्त पन्त, कृष्णस्वामी अयंगर र धनबहादुर शाही (कामी बुढा)बारे प्रसङ्ग उठ्ने गरेका ।

मुक्ति सेनाका पश्चिम कमाण्डर रुपसिंह सिजापति ०७ सालको क्रान्तिपछाडि पश्चिम नेपालमा कम्युनिष्ट पार्टी गठन गर्ने अगुवा थिए भने सात सालको मुक्ति सेनाको नेतृत्व गर्दै दैलेख मुक्त गर्नेमा निर्मल लामा थिए । इतिहासप्रतिको चाख र वर्गसंघर्षमा सशस्त्र आन्दोलनको भूमिकाप्रति आकर्षण भनेको मजस्ता युवा कम्युनिष्टमा हुनु स्वाभाविकै थियो । त्यसै क्रममा कमरेड सिजापतिले निर्मल लामाको १५ साल दैलेखबाट उम्मेदवारी दिएको र उनको चुनावी समग्र ब्यवस्थापन भवानीप्रसाद शर्मा अधिकारीले गरेको, अधिकारी छापामार आन्दोलनका गुरिल्ला धनबहादुर शाही (कामी बुढा)को सहयोद्धा भएको, शाहीको जुम्लामा हत्या भएको भन्ने सुनेपछि शाहीलाई पछ्याउन र थप जानकारीको लागि पनि शर्मालाई खोज्न आवश्यक प¥यो । त्यसबेला नेकपा मशालले पेरुको जनयुद्धका स्लाइड विभिन्न कमिटीहरुमा प्रचार गर्दा स्वयं आफ्नै देशका छापामारबारे जिज्ञासा बढ्नु पनि स्वाभाविकै हुन्थ्यो । त्यसै क्रममा एउटा पत्रिकामा कामी बुढाबारे नेत्रलाल अभागीको (हुनुपर्छ) छोटो लेख पढ्न पाइयो । रुकुमका तारा घर्ती, देवीलाल गौतम र खड्गबहादुर बुढा ठेक्कापट्टाका क्रममा नेपालगञ्ज पुगे । सामान्य कुरा कामीका बारेमा चले । त्यसबेलासम्म पनि उनका सहयोद्धा भवानीप्रसाद शर्मासँग भने भेट हुन सकेको थिएन ।

०४८ को शुरुवातसँगै एकातर्फ संयुक्त जनमोर्चामार्पmत् एकता केन्द्रले राजनीतिक हस्तक्षेप गर्न थाल्यो भने रुकुम, रोल्पा र जाजरकोटमा ग्रामीण वर्गसंघर्षले तेज पक्रियो । त्यसैले तत्कालीन एकता केन्द्रका नेता बासुदेव गौतमले ग्रामीण वर्गसंघर्षका अगुवा रामबहादुर थापा ‘बादल’लाई ‘इमान्दार उग्रवादी’ भनेको प्रसंग अहिले पनि सम्झन पुग्छु । ग्रामीण वर्गसंघर्ष आफैमा छापामार आन्दोलनको अघोषित शुरुवात थियो भने अझ कामी बुढाको आवश्यकता आन्दोलनकर्तालाई बढ्यो । अभियानमय आन्दोलन बनाउने माओवादी परम्पराको थालनी सिज अभियानबाट थालिएर शक्ति केन्द्रिकरण रुकुम, रोल्पा र जाजरकोटमा हुन थाले । अभियानकर्तालाई बिदाइको चिनोमा पहिलोपटक कामी बुढाको फोटो उपहार दिइयो । कामी बुढाको उक्त टोप लगाएको फोटो दंगाली कलाकार रामचन्द्र श्रेष्ठले बनाएको पेन्टिङ हो भने त्यसैलाई फोटो खिचेर फोटो बनाउन रुकुमबाट कविराम केसी नेपालगञ्ज आएर इमेज कलर ल्यावबाट सयौं फोटो तयार गरिएको थियो ।

किंबदन्तीमा रहेका कामी बुढाको चर्चा त खुब भयो तर त्यो कथालाई ऐतिहासिक तथ्यमा ढाल्न आवश्यक थियो । आन्दोलनको ऊर्जा त इतिहासका कालखण्डका नायकहरु बन्थे । नायकले दिने, सहिदले दिने ऊर्जाले नै आन्दोलनका राप यत्रतत्र फैलिन्छन् । आत्माबल बढ्छ, प्रेरक पक्ष हुन्छन् । इतिहास र नायकलाई फेरि सम्झनु भनेको तत्कालीन समयले उनीहरुको ऊर्जा आवश्यकता प¥यो भन्नु हो । जनयुद्धको थालनीपूर्व दैलेख कार्यक्षेत्र लिएर प्रकाश सुवेदी गए । कमरेड सुवेदीसँग चौराठा वा नौमुलेमा कुनै भवानीप्रसाद शर्मा अधिकारी भन्ने सातसालकै क्रान्तिकारी छन्, उनीसँग सम्पर्क गरेर कामी बुढाबारे यथोचित जानकारी लिन आग्रह गरें ।

जनयुद्ध शुरु भइसकेपछिको दैलेख त्यसबेलासम्म रोहित समूहको पश्चिमेली गढ मानिन्थ्यो । प्रकाश कमरेडले शर्मालाई भेटेर कामीको बारेमा छलफल गर्नुभएछ र ‘तपाइँहरुले २००९/०१० सालमा शुरु गर्नु भएको जनयुद्ध अहिले माओवादीले शुरु गरेकाले सहयोग गर्नुस्’ भन्नुभएछ । त्यसको जवाफमा नेपाल मजदुर किसान पार्टीका सल्लाहकारसमेत रहेका शर्माले आपूm प्रत्यक्ष सहभागी नभए पनि दैलेखी क्रान्तिकारी असल कम्युनिष्टहरुको सम्पर्क दिएर सहयोग गर्नुभएछ । यसै पनि मेरो शर्मासँग भेट्ने र कथामा रहेका कामीलाई इतिहासका नायकमा तथ्य, प्रमाणसहित सावित गर्ने दायित्व थियो । त्यसको जीवन्त पात्र भनेका शर्मामात्रै हुन सक्थे । कमरेड सुवेदीले विमार शर्मालाई सपरिवार नेपालगञ्ज पठाउनुभएछ । जो मेरै घरमा बसेर एक महिना चन्द्रबमको अक्युपञ्चरमा उपचार गराइयो । पत्रिकाको लेख सीमितता हेर्दै संक्षिप्तमा आगे शर्मा बृतान्त कहन्छु । बाँकी त उनकै बारेमा प्रकाशोन्मुख पुस्तकमा रहनेछ ।

दाङ हुलाकका बहिदार भवानीप्रसाद शर्मा अधिकारी गोपाल कर्माचार्यको प्रेरणाले राणाबिरोधी आन्दोलनमा होमिए । ००७ सालको आन्दोलनमा सहभागी अधिकारीको नेपाली कांग्रेससँगको मोहभंग भने ठूला जिम्दार भरतमणि शर्मालाई मन्त्री बनाउनु र बाँके–बर्दियामा भारतीय सेनाको प्रवेश रहेछ । आन्दोलनले गरिब र निमुखालाई हेर्दैन र हरेक क्रान्तिपछाडिका उपलब्धि ठूला ठालुले नै पाउँछन् भने क्रान्तिको अर्थ रहँदैन भन्ने सोच भएकै बेला उनको भारतीय सेनाका प्रशिक्षक समेत रहेका विद्रोही कामी बुढासँग ००८ मा दाङमा भेट भएको रहेछ । त्यसबेलासम्म डा. के आई सिंह प्रकरणले कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लागिसकेको हुँदा पश्चिमको कम्युनिष्ट नेतृत्व कमलराज रेग्मीको सम्पर्कमा उनीहरु दुबै पाल्पा पुगेछन् र रेग्मीसँग कम्युनिष्ट आन्दोलनमा सशस्त्र संघर्षको अनिवार्यताबारे छलफल भएछ । तर रेग्मीले उनीहरुलाई किसान संघको सदस्यता रसिद दिएर पठाएछन् । रेग्मी अहिले पनि पार्टी सहयोगका लागि हुलाक टिकट दिएको सम्झन्छन् ।

कामी र भवानीको जोडी पाल्पाबाट प्युठान, रोल्पा, सल्यान, रुकुम हुँदै जाली, फटाहा, सुदखोर र अन्यायीबिरुद्ध कारवाही गर्दै अगाडि बढेछ  । उनीहरुको पहिलो ठूलो कारवाही थुनी ताइवाङमा रहेको जिम्वाल हेमजंग मल्लको कचहरी घर परेछ । किसानहरुको जमघट भेला गर्दै रातो अबिर लगाइदिँदै किसान मार्च पश्चिम बढ्दै दैलेखबाट हाउडी नेटा काट्दै जुम्लाको कुडारीको जंगलमा किसान सभा भएछ । अहिले पनि तिला फाँटका बृद्धहरु राता झण्डा फहराएर धनबहादुर शाही (कामी बुढा)को आमसभा सम्झने गर्छन् । सो किसान मार्च हुम्ला पुगेपछि भने स्थानीय जिम्वाल गोरे रावत र पुलिसले पक्रिएर १६ जनाको क्रान्तिकारी किसान समूहलाई पाता फर्काएर तत्कालीन कर्णालीको मुख्य अड्डा चौभान (हालको जुम्ला खलंगा) पु¥याएछन् ।

कर्णाली प्रदेशमा कतै शेर सिंह, कतै धनबहादुर शाही भनिने कामी बुढाको डायरीमा पाल्पामा भेटेका कमलराज रेग्मीको नाम रहेकाले उनलाई पनि अड्डासार गर्दै राज्य विप्लवको आरोपमा जुम्ला पु¥याइएछ । त्यसको संक्षिप्त विवरण रेग्मी पुत्रीले ‘पाल्पा, बा र आमा पुस्तकमा’ भएकाले रेग्मीलाई भेट्न उनको पाटनस्थित घरमा जर्नादन शर्मा, लोकेन्द्र विष्ट, हेमन्तप्रकाश ओली, गणेशमान पुन, कमला रोकासहित कामीपुत्री र पौत्री ब्रिन्जा पुन पनि पुगेर भिडियोग्राफी गरियो । कामीलाई जीवित देख्ने अर्को पात्र इन्द्र थैवलाई पछ्याउन पाल्पा गुल्मीबीचको रिडीघाट पुगेर गरिएको भिडियो समेत पंक्तिकारसँग छ । भवानी शर्माका कामीको हत्या जुम्लाको चौभान जेलमा २०१० साल असोजको फूलपातीको दिनमा भएको हो ।

(कामी बुढाको जीवनी समेटिएको पिटरको पुस्तक प्रकाशोन्मुख अवस्थामा छ ।)

प्रकाशित मिति : २०७१ असोज ४ गते शनिबार

By

Readers Comments (3)

  1. Gyamtso Lama says:

    sarai ramro lagyo..

  2. गणेश says:

    no coment bed now mument

  3. Khem Bahadur Darjee says:

    Than you for your hard work and I am really looking forward to have one copy of this book.