Filed Under:  पर्यटकीय गन्तव्य

पयर्टकको पर्खाइमा सिस्ने हिमाल | धनिराम शर्मा

30th August 2014   ·   0 Comments

Dhaniram sharma

Sisne-Himal1पश्चिम नेपालको उत्कृष्ट हिमाल आरोहण गन्तव्य सिस्ने हो । नयाँ आरोहण गन्तव्य भए पनि उचित पूर्वाधारको विकास हुुन नसक्दा पर्यटकहरुको रोजाइको गन्तव्य भएर पनि अपेक्षाकृतरुपमा पर्यटकलाई भित्र्याउन सकिएको छैन । यद्यपि यतिबेला सिस्ने स्वदेशी तथा विदेशी पर्यटकको पर्खाइमा छ । समुद्र सतहदेखि ५ हजार ९ सय ११ मिटर अग्लो सिस्ने हिमाल रुकुमको सिस्ने गाविसमा पर्दछ । आकाश छेड्न लागेको जस्तो देखिने हुनाले मुर्कुुट्टा नाउँले चिनिने सिस्ने हिमपाटनको रुपमा पनि चर्चित छ । माछापुच्छ«ेको बहिनीको उपमा पनि दिइएको सिस्नेमा सन् २०१३ मे १२ तारिखमा पहिलो पटक नेपाली आरोहीको नेतृत्वमा सफल आरोहण भएको हो ।

दाङको घोराहीदेखि १ सय ३९ किलोमिटर सडक दूरी पार गर्दै रुकुुम खलंगाबाट मध्यपहाडी लोकमार्ग हुँदै पूर्वतिर हानिए सिस्ने पुुग्न सकिन्छ । मगर संस्कृतिले धनी गाउँ तकसेरा, हुुकाम र मैकोटबाट सिस्ने पुुग्न सकिन्छ । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनबाट सिस्ने पुग्न सकिन्छ । सिस्ने पुग्नका लागि पैदलमार्गको काम शुरु हुँदैछ । हालसम्म २ हजार ७ सय मिटरको उचाइसम्म पैदलमार्ग जेनतेन भए पनि ४ हजार २ सय मिटरको सिस्ने बेसक्याम्पसम्म पैदल मार्ग निर्माण भए पर्यटकलाई सहज हुने स्थानीयबासी बताउँछन् ।

सिस्ने गन्तव्यको लागि दाङलाई आधार मानेर राप्तीको रुकुमका हिमाल, तालसँगै रोल्पा, रुकुमको युुद्ध पर्यटनलाई प्रवद्र्धन गर्न सकिने सिस्ने हिमालका पहिलो आरोही मनबहादुुर खत्रीले बताए । ‘पश्चिम नेपालको एक उत्कृष्ट आरोहणयोग्य हिमाल भएर पनि सिस्ने अझैं ओझेलमा परेको छ, उनले भने, ‘हिमाली पाटनले सजिएको सिस्ने निकै सुन्दर छ, यहाँ विदेशी मात्र होइन स्वदेशी पर्यटकका लागि पनि राम्रो गन्तव्य हो ।’ सिस्ने पुुग्नका लागि विकासका पूर्वाधारहरु नभएको भन्दै उनले सडक यातायात, पैदल मार्गसँगै हवाइ यातायातलाई व्यवस्थित गर्न सके राप्ती पर्यटनको गन्तव्यको आधार सिस्ने बन्ने बताए ।

Sisne Expedition 2013‘सिस्ने अत्यन्तै मनमोहक छ । हिमाली पाटनले सजिएको छ । टाकुुरो बनेको सिस्नेको दक्षिण पूर्वी मोहडाबाट आरोहण गर्न सकिए पनि अन्य मोहडाबाट आरोहण गर्न कठिन छ, आरोही खत्रीले भने, ‘पर्यटकहरु नयाँ–नयाँ हिमाल आरोहण गर्न चाहन्छन् तर व्यवस्थित आरोहणका लागि आवश्यक व्यवस्था छैन ।’

सरकारद्वारा गठित पिक प्रोफाइल कार्यदलका सदस्यसमेत रहेका खत्रीले नेपालको हिमाल आरोहणलाई व्यवस्थित गर्न पिक प्रोेफाइल तयार गर्न लागेका बताए । ‘हालसम्म नक्साको भरमा आरोहण गरिएको थियो’ उनले भने, ‘यसलाई वैज्ञानिक र व्यवस्थित हिमाल आरोहणको लागि १९ सदस्यीय कार्यदल लागि परेको छ ।’

विदेशी पर्यटकहरुले एभरेष्टको आरोहण मात्र होइन नयाँ–नयाँ हिमालको आरोहण गर्न इच्छा व्यक्त गरे पनि व्यवस्थित हिमाल आरोहण नहुुनाले पर्यटकले चाहेको ठाउँमा पु¥याउन नसकिएको उनको भनाई छ ।

राप्तीको पर्यटन प्रवद्र्धन मात्र होइन, मध्यपश्चिमकै पर्यटनका लागि सरकारले अन्तर्राष्टिय विमानस्थलको उचित व्यवस्था गर्न सके मध्यपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । मध्यपश्चिमका अन्य जिल्लामा पनि सडक र हवाइ सञ्जाल जोड्न सकिन्छ । राप्तीको सन्दर्भमा दाङ हुँदै रुकुम, रोल्पा, सल्यान र प्यूठान जिल्लामा साहसिक, साँस्कृतिक र युुद्ध पर्यटकीय क्षेत्रको अवलोकन गर्न पर्यटकहरुले चाहना गरे पनि हवाइ सेवा सुुविधा नहुँदा प्रवद्र्धनमा समस्या भएको पर्यटन जानकारहरुको तर्क छ ।

Sisne Himalरुकुमको सिस्ने हिमालको सन २०१३ मे १२ मा रुकुमका स्थानीय आरोही मानबहादुुर खत्री नेतृत्वको समूहले पहिलो पटक हिमालको सफल आरोहण गरेका थिए । सरकारले पहिलो पटक आरोहणको अनुमति दिएपछि मानबहादुरसहितको ७ जनाको टिमले १० दिन लगाएर सिस्नेको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा फहराएका थिए । आरोही टिमका लिडर मानबहादुर खत्रीका अनुुसार अलबहादुुर खत्री, अमेरिकन नागरिक लाइन एल–जो, कैलालीका ध्रुव विष्ट, गोरखाका मुलाल गुरुङ म्याग्दी विनायक मल्ल ठकुरी, जुम्लाका अमृत विक र गोरखाका सुमन गुुरुङले सिस्नेको चुचुरोमा सफलता चुमेका थिए । उक्त टीमले ४ हजार २ सय मिटरको उचाइमा बेसक्याम्प स्थापना गरेर सिस्ने चढेका थिए ।

उता सिस्ने गन्तव्यका लागि ढोरपाटनदेखि तकसेरा हुँदै हुकाम मैकोटबाट सिस्ने हिमाल पुग्ने पैदल यात्राको सर्वे भइरहेको रुकुमका स्थानीय विकास अधिकारी भरतकुमार शर्माले बताए । नेपालकै एकमात्र शिकार आरक्ष ढोरपाटन रुकुममा पर्ने भएकाले पर्यटकलाई ढोरपाटनमा शिकार खेलाउने र ढोरपाटन हुँदै हुकाम मैकोटको मगर संस्कृतिको स्वाद दिन सकिन्छ । यसका साथै मैकोटबाट सिस्ने आरोहण गराउन सकिने शर्माको दावी छ । पैदलमार्गले पूर्णता पाएपछि सिस्नेको पर्यटन गर्न चाहने पर्यटकका लागि सहज हुने उनले बताए । रुकुम सदरमुकामदेखि चार दिनको पैदल यात्रा पूरा गरे सिस्नेको आधार शिविरमा पुग्न सकिन्छ । मध्यपहाडी लोकमार्ग हुँदै पर्यटकीय क्षेत्र रुकुमकोटबाट तकसेरा, हुकाम र मैकोटपछि सिस्ने पुुग्न सकिन्छ । मगर संस्कृतिको अनुपम स्वाद लिन चाहने पर्यटकका लागि तकसेरा, हुकाम र मैकोट उपयुुक्त गन्तव्य भएको शर्माको भनाई छ ।

नेपालमा १३ वटा हिमश्रृंखला रहेका छन् । सिस्नेलाई हालसम्म काञ्जिरोवा हिमश्रृंखलामा राखिए पनि सिस्ने धौलागिरी हिमश्रृंखलामा पर्ने हिमाली पर्यटनसँग चासो राख्नेहरुको तर्क छ । १ हजार ३ सय बढी ६ हजार मिटर अग्ला हिमालहरु नेपालमा पर्दछन् । त्यसैगरी नेपालमा ४ हजारमाथिका ३ हजार ३ सय हिमचुुचुुराहरु रहेको बताइन्छ । हालसम्म सरकारले सिस्नेसहित ४ सय १४ वटा हिमशिखरहरुको आरोहणका लागि अनुुमति दिएको छ । हिमालहरुको उचित आरोहण तथा पहिचान गर्न सरकारले १९ सदस्यीय पीक प्रोफाइल कार्यदल गठन गरेको छ । जसमा भूगोलविद, आरोहणविज्ञ, प्रहरी सेनासहितको टोली गठन गरेको छ । कार्यदलले काम सुरु गरिसकेको छ ।

Sisne Rukum

By

Readers Comments (0)