Filed Under:  कथा, सौगात विशेष

काम गर्ने केटी | महेन्द्र महक

30th December 2015   ·   0 Comments

Mahendra+Mahakधनीको धन/गरिबको सपना

निर्मलाले लक्ष्मीको आमालाई वचन दिइन्, लक्ष्मीलाई पढाइदिने । बदलामा लक्ष्मीले निर्मलालाई घरभित्रको ‘सामान्य’ काममा सघाइदिनुपर्ने भयो ।

गरिबी लक्ष्मीकी आमाको सबैभन्दा ठूलो शत्रु थियो । र, पढ्नु लक्ष्मीको सबैभन्दा ठूलो सपना ।

आठ पास गरेपछि अगाडि पढ्न गाउँमा न त स्कुल छ, न त उसको आमासँग सदरमुकाम पठाउने पैसो नै । त्यसैले निर्मला एकमात्र उपाय भइदिइन् । आफ्नै गाउँकी चेलीले लक्ष्मीलाई शहर लैजाने भएपछि लक्ष्मीकी आमा केही ढुक्क भइन् ।

गास, बास र कपासको अभावमा पनि छोरी पढाउने एक सपना– लक्ष्मीकी आमाको । लोग्ने बितेपछि छोराछोरी हुर्काउन गरेको दुःख उनलाई सपनाजस्तो लाग्छ । लक्ष्मी शहर गए छोरो र बज्यै पाल्न थोरै सहज हुन्थ्यो– एक धस्रो स्वार्थ !

०००

बिक्रमसिंह ठकुरी । निर्मलाका श्रीमान् । एक एनजिओ चलाइबसेका छन् राजधानीमा । महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील छ उनको संस्था । खासगरी बालमजदूरी र घरेलु हिंसा विरुद्धका गतिविधिमा । उनको योगदानको कदर गर्दै सरकारले उनको संस्था र उनलाई सम्मानित पनि गरेको छ । सात वर्षकी छोरी छिन् निर्मलाको– रोशी । बिहान उठेदेखि बेलुकासम्म स्कुलमा नै हुन्छिन् । निर्मला आपैm ‘महिला’ नामक साप्ताहिक पत्रिका चलाउँछिन्, कलेजमा जेण्डर पढाउँछिन् । समय उनीसँग पनि छैन । त्यसैले घरको काममा सघाउन उनले लक्ष्मीलाई रोजेकी हुन् ।

कफीको स्वाद

लक्ष्मी बिहान स्कुल जान्छे । कक्षा नौको मेधावी छात्रा हो लक्ष्मी । सबेरै उठेर चिया पकाउनु र आपूmले खानु, निर्मला र बिक्रमको चिया उनको बेडरुममा पु¥याइदिनु, रोशीका लागि दूध तताइदिनु र ब्रेकफास्ट तयार गरिदिनु लक्ष्मीको हरेक बिहानको काम हो । यसपछि ऊ स्कुल जान्छे । दिउँसो भने लक्ष्मी घरमा एक्लै हुन्छे । खाना खाएर जूठा भाँडा मिस्नु, घर सफा गर्नु, कपडा धुनु अन्य काम भए गर्नु र घर कुर्नु उसको दिनभरिको काम हो । साँझको खाना पकाउनु पर्छ उसले । निर्मलाले लक्ष्मीलाई कहिलै ठूलो स्वर गरेकी छैनन् । लक्ष्मीलाई यही नै सजिलो लाग्छ यस घरमा ।

एक साँझ निर्मलाले आपैm कफी बनाइन् । रोशी टिभी हेर्दै होमवर्क गर्दै थिइन् । लक्ष्मीले रोशीका कपडा भिजाउँदै थिइ धुनका लागि ।

‘लक्ष्मी अंकललाई कफी दे !’ पल्लो कोठामा ढोका बन्द गरी केही काम गरिरहेका बिक्रमलाई कफी दिन अह्राएकी थिइन् निर्मलाले । ‘म कपडा धुँदैछु अन्टी, तपाइँले नै दिनु !’ लक्ष्मीले बिक्रमको कोठामा जान इन्कार गरी ।

निर्मला डराइन् । उनको घरमा काम गर्ने केटीले उनले अह्राएको काम गरिन !

फेरि सम्झिइन्, अह्राएको काम लक्ष्मीले नगरेको यो पहिलो पटक थियो ।

लक्ष्मी हराइन्

निर्मला घर आइपुग्दासम्म पूरै अँध्यारो भइसकेको थियो । छोरीलाई बाटोबाटै ‘रिसिभ’ गरिन् । घर आइपुग्दा कोही थिएन । घर अँध्यारोमा डुबेको थियो । बिहानदेखिका जूठा भाँडा त्यसै थिए । भद्रगोल कोठा । कागजका पाना कोठाभरि छरिएका थिए । ओछ्यान लथालिङ्ग थियो । निर्मलाको मुटु फुट्लाझैं भयो । ‘मेरी छोरी खै ?’ भनेर लक्ष्मीकी आमाले सोधे के जवाफ दिने निर्मलाले ?

अन्धकार चाँडै ओर्लिन्छ हिउँदको ठिहि¥याउँदो याममा ।

बिक्रम आउञ्जेल अबेर भइसकेको थियो ।

‘मलाई फोन किन नगरेको त आउन बित्तिकै ?’ बिक्रमको रिसाएको बोली थियो ‘के–के सामान चोरेर हिँडी त्यो राँड !

‘कुनै सामान चोरी भएको छैन । लक्ष्मीले चोरी गर्नै सक्दैन । कारण के हो, मलाई थाहा छ !’ प्रकम्पित आवाज निर्मलाको ।

निर्मलाले बिक्रमलाई तीखो आँखाले हेरिन्– ‘गोङ्गबु बसपार्कभित्र ‘मनास्लु होटल’ छ, लक्ष्मीको गाउँलेको होटेल, त्यही गइ कि !?’

‘ठीक छ, भोलि जाउँला त्यसो भए ।’ विक्रमले लक्ष्मीको खोजी गर्न चाहेनन् ।

निर्मलाभित्र डरको बादल बाक्लिदै गयो । भोलि लक्ष्मी भेटिइन भने ? कतै अभर परि भने ? केही भइदियो भने ?!

उनले बिक्रमलाई लक्ष्मीलाई खोज्न भनिन्, र यो भन्नु कम र धम्की बढी थियो ।

हिउँदको चिसो स्याँठ र छोटा दिन ! रात पर्दै थियो । बिक्रमलाई लक्ष्मीलाई खोज्न जान पटक्कै मन थिएन । तर, निर्मलाको अगाडि उनको केही लागेन । औंला ठड्याउँदै भनिन्, ‘तपाइँले खोजेर ल्याउनुपर्छ लक्ष्मीलाई, जसरी भए पनि ।’

खोजी

बिक्रम सडकमा निस्किए । ट्याक्सी खोज्दै । ट्याक्सी पाउनै मुस्किल ।

कहाँ जाने खोज्न ? अर्को अप्ठ्यारो ।

गोगंबु पहिलो प्राथमिकतामा प¥यो ।

बल्ल–बल्ल एउटा ट्याक्सी फेला प¥यो । तर ड्राइभरको जिब्रो लुलो थियो । अर्को ट्याक्सी पनि थिएन ।

ड्राइभरले बिक्रमलाई राम्ररी हे¥यो । चमकदार चेहरा अनि चम्किला लुगा ! सुनजस्तै चम्किला ! वर्षौं राजधानीका सडकमा ट्याक्सी कुदाउँदा बुझेको उसले, चम्किलो जति सबै सुन हुँदैन ।

‘कहाँ जाने हो सर ?’

– गोगंबु ।’

ट्याक्सी हिँड्यो ।

– यति अबेर केही खास काम प¥यो कि ?

– अँ, त्यस्तै काम परेको छ ।

– म केही सहयोग गर्न सक्छु कि ?

– म आफ्नो काम आफै गर्न सक्छु ।

फेरि के सोचेर हो खै, बिक्रमले भने– केटी खोज्दै हिँडेको छु । टेन्सन भा’ छ ।

ड्राइभर मज्जाले हाँस्यो । हाँस्दा रक्सीको गन्ध अलि चर्को भयो । बिक्रमले मुख अमिलो बनाए, नाक थुने र भ्mयाल खोले ।

– के टेन्सन गर्नुहुन्छ सर, मलाई एक से एक ‘अच्छा’ ठाउँ थाहा छ । केटी त जस्तो भन्यो त्यस्तै पाउनुहुन्छ । गोगंबु त खास ठाउँ हो अझ । फेरि सस्तो पनि छ ।

– हैन हो, के नचाहिने कुरा गरेको ! घरमा काम गर्ने केटी हरा’र खोज्न हिँड्या हो ! तिम्ले भनेजस्तो केटी खोज्न हिँड्या होइन म ?

– अप्ठेरो मान्नुपर्दैन सर ! प्यास लागे पानी त खानुप¥यो नि !

बिक्रम मौन बसे । बेतोड गतिमा कुद्दै थियो ट्याक्सी रिङ रोडमा । र, खाल्डाखुल्डीमा बेसरी उफार्दै थियो बिक्रमलाई ।

– गोगंबु आइपुग्यो सर, कस्तो केटी चाहिन्छ सरलाई, म ठ्याक्कै त्यस्तै केटी पाइने ठाउँमा पु¥याइदिन्छु ?!

– मलाई होटेल ‘मनास्लु’मा पु¥याइेऊ ।

– त्यहाँ खास त्यस्तो केही पाउँदैन सर । तपाइँलाई म ‘गज्जब’को ठाउँमा पु¥याइदिउँ ?!

– यो दलाली गर्न बन्द गर्नु त । म यहाँ आफ्नै घराँ काम गर्ने केटी खोज्दै आ’को । बिक्रमले भाडा बुझाए र ट्याक्सीबाट बाहिरिए ।

कैदमा राजकुमारी

… र, राजकुमारले राजकुमारलाई लिएर गयो । दरबारभित्र पसेपछि एक्कासी दरबार गुफामा बदलियो, राजकुमार डरलाग्दो दैत्यमा ! राजकुमारी डराउँछे र चिच्याउँछे । तर त्यहाँ त्यसको आवाज सुन्ने कोही हुँदैन । डरलाग्दो दैत्यले सुकोमल राजकुमारीमाथि आक्रमण गर्छ । राजकुमारी चिच्याएको आवाज गुफा बाहिर टाढा–टाढासम्म पैmलिन्छ र फेरि मौन भइदिन्छ । राजकुमारी दैत्यको कैदमा पर्छे ।

टिभीमा परीकथा हेर्दै थिई लक्ष्मी– होटेलको टेबुलमा बसेर ।

बिक्रम सीधा ‘रिसेप्सन’नेर पुगे । एउटा सिग्रेट किने र सल्काए । सिग्रेटको धुँवा उडाउँदै लक्ष्मीछेऊको कुर्सीमा बसे ।

– म तँलाई लिन आ’को । घर हिँड् ।

– म जाँन्न ! लक्ष्मीले बोलेको पहिलो वाक्य ।

– किन जान्नस् ? मर्ने विचार छ तेरो ? औंला ठड्याएर कडा आवाजमा बोल्दै थिए बिक्रम ।

– अहँ, म जान्न । आँखाभरि टिलपिल आँसु पारेर भनी लक्ष्मीले ।

बिक्रमले मोबाइलबाट फोन गरे, निर्मलालाई ।

– आउँदिन भन्छे ।

– फोन दिनु त लक्ष्मीलाई ।

बिक्रमले लक्ष्मीलाई फोन दिए ।

– म आउँदिन अन्टी । म घर फर्किने हो ।

– तेरो मम्मीलाई बोलाएकी छु मैले । आइज, सँगै जानु आमाछोरी । यसरी पनि कोही कसैलाई नभनी जान्छन् त लाटी ! घर फर्के नानु ।

– नाइँ । म आउँदिन !

– तेरो आमा र तँ सँगै घर फर्किनु । तेरो आमालाई बोलाएकी छु मैले आज फोन गरी । आऊ नानु फर्क !

– त्यसो भए, म भोलि आउँछु । आज यही बस्छु ।

– अंकलसँगै आए हुन्न ? बिहान स्कुल जानु पर्छ कि पर्दैन तैंले ?

आमासँगै घर फर्कने आशाका साथ निर्मलाको बोली टार्न नसकी लक्ष्मी बिक्रमसँगै फर्किई ।

कोपिला निमोठियो

बिदाको दिन । बिक्रमलाई ताजा फूल टिपेर फूलदानीमा सजाउन रहर जाग्छ कहिलेकाहीँ । गमलामा फुलेका केही फूल टिपेर फूलदानीमा राख्न अह्राए उनले र रातै फुलेका गुलाबका फूल टिपेर उनकै ‘स्टडी रुम’को फूलदानीमा सजाइदिई लक्ष्मीले पनि ।

‘ए लक्ष्मी ! राम्रा फूल त तैंले टिप्नै बिर्सिछस् त । यिनलाई किन नटिपेको ?!’ कोपिला देखाएर भने बिक्रमले ।

‘भर्खरका कोपिला पनि के टिप्नु भनेर नटिपेकी ।’

‘कोपिला पो अझ राम्रा हुन्छन् !’ फक्रदै गरेका कोपिला निमोठे बिक्रमले र निर्मलालाई देखाउँदै भने, ‘यिनी फूल पो राम्रा देखिए हगि ? यसलाई त फूल टिप्न नि आउँदैन ।’

कोठामा कुचो लगाउँदै लक्ष्मीले भनी, ‘हो ! तपाइँलाई नै आउँछ अंकल कोपिला निमोठ्न त, मलाई आउँदैन ।’

एक आतंक

बिहानै वाकवाकी लागेपछि लक्ष्मी आत्तिएकी थिई । बाथरुमबाट बाहिर निस्कनै गाह्रो भयो । रिङ्गटा लागेर टाउको उठाउन बनेको थिएन । निर्मला÷रोशी र बिक्रम सबै तयार भइसक्दा पनि लक्ष्मीले ब्रेकफास्ट बनाउन सकेकी थिइन ।

‘के भयो तँलाई ?’ बाथरुमको ढोका उघारेर निर्मलाले सोधिन् ।

‘बान्ता आउला जस्तो भ’को छ ।’ लक्ष्मीको जवाफ ।

शरीरभरि काँडा उम्रिए निर्मलाका । ‘पर नसरेको कति महिना भो तँलाई ?’

आतंकित आँखाले एकटक हेरी लक्ष्मीले निर्मलालाई । कुनै जवाफ आएन ।

‘कति महिना भयो ?’ काँपेको ठूलो आवाज थियो निर्मलाको ।

‘तीन महिना !’ डाँको छोडेर रुन सकिन लक्ष्मी । किल्किलोभित्र कतै हरायो चिच्याहट ।

निर्मलाले आफ्नो पूरै शरीर काँपेको अनुभूत गरिन् । जस्तो कि उनी भर्खर कुनै भयंकर सडक दुर्घटनाको शिकार हुनबाट बल्लतल्ल बाँचेकी होऊन् ।

हतार हतार भ्mयाल बन्द गरिन् र अत्तालिदै भ्यान्टिलेटर खोलिन् !

‘मम्मी ब्रेकफास्टमा के छ आज ?’ रोशीको आवाज ।

‘आज हामी बाहिर खाने छोरी ।’ उल्टो लगाएको स्विटर फेरि सुल्ट्याएर लगाउँदै भनिन् ।

‘कपडा लगाएर तयार हो लक्ष्मी । ओंठमुख सुकेको मुहारमा क्रीम लगाइन् र केही पल हत्केलाभित्रै राखिन् अनुहारलाई ?!’ उनले बिक्रमलाई खोजिन् । बिक्रम त्यहाँ थिएनन् ।

भुसको आगो

स्कुटीमा बसालेर निर्मलाले पहिला रोशीलाई उसको स्कुलको गेटमा पु¥याइन् अनि लक्ष्मीलाई एउटा निजी क्लिनिकमा पु¥याइन् । लक्ष्मी हस्पिटलको एउटा बेञ्चमा खुम्चिएर चुपचाप बसी । निर्मलाले नजिकैको एटीएम मेसिनबाट पैसा झिकिन् ।

एउटी नर्ससँग हात मिलाइन् । तँतँ/मम भन्दै कुरा गरिन् । अलि छेऊतिर गएर सानो आवाजमा पनि कुरा गरिन् ।

नर्स लक्ष्मी बसेको बेञ्चनिर आइन् र लक्ष्मीलाई सँगै लिएर गइन् ।

लक्ष्मीको ‘यूरिन’ टेस्ट भयो । उसकोे वाकवाकीको कारण पत्ता लाग्यो । निर्मलाको डरको निवारण हुने भयो ।

‘यो सब कहाँ, कहिले, कसरी भयो, पछि कुरा गरौंला । अहिले तैंले आफ्नो भविष्यका लागि र मेरो लागि पनि यो ‘काँडा’लाई झिक्नुपर्छ ।’

लक्ष्मीले केही कुरा बुझी, केही कुरा अधुरो मात्रै बुझी र केही कुरा बुभ्mदै बुझिन ।

डरले नीला भएका ओंठ काँप्दै थिए । आँसु–आँसु भएका आँखाले हेरी निर्मलालाई । भावशून्य भई चुपचाप उभिएकी थिइन् उनी । केही बोल्न नपाउँदै नर्सले उसलाई भित्र कतै लिएर गइ ।

लक्ष्मीलाई भित्र लिएपछि निर्मलाले फोन गरिन् आफ्नो मोबाइलबाट, ‘हेलो ! दिज्यू दर्शन ! लक्ष्मीको आमालाई भोलि जसरी नि यहाँ पठाइदिस्येला । उसँग पैसा रहेनछ भने भाडा पनि दिइस्येला । म हजुरलाई पछि दिउँला ।’

हस्पिटलको काम सकिएपछि उनी लक्ष्मीलाई लिएर थकाली होटेलमा खाना खान पसिन् ।

‘को हो त्यो मान्छे लक्ष्मी ?’ सीधा प्रश्न थियो निर्मलाको ।

थकाली होटेलमा खाना खाँदै गर्दा लक्ष्मीलाई कुर्सीमा अडेस लाग्न पनि धौ भएको थियो ।

आधा गास निलेर भनी, ‘अंकल !’ अनि टेबुलमा खोप्टो परेर रुन थाली लक्ष्मी ।

निर्मलालाई थाहा भयो यसपटक आगो परालमा लागेको थिएन, भूसमा लागेको थियो । दिउँसो लक्ष्मी एक्लो हुँदा बलपूर्वक झोंसिएको थियो आगो र त्यो आगोले निर्मलालाई डढाउँदै थियो यतिबेला बेसरी ।

‘सञ्चो छैन कि के हो उहाँलाई ।’ खाना थप्न आएको केटाले सोध्यो ।

‘हो ! सञ्चो छैन उसलाई ।’ सहज उत्तर दिइन् निर्मलाले र मसिनो आवाजमा आफैलाई भनिन्, ‘हो, कत्ति पनि सञ्चो छैन उसलाई ।’

भ्mयाल

टेबुलमा पत्रिका छरिएको छ जसमा निर्मलाले लेखेको लेख छ । हाइलाइट भएका छन् लाइनहरु, ‘मुलुकी ऐन महल १४ को जबजस्ती करणीको दफा ३– १४ वर्षभन्दा माथि र १६ वर्षभन्दा कम उमेरको युवती भएमा दोषीलाई ६ देखि १० वर्ष कैद सजायको कानुनी व्यवस्था ।’

बिक्रम घरमा छैनन् । सम्मान गरिदैछ उनलाई र उनको संस्थालाई । उनको योगदानको कदर गर्दै !

०००

लक्ष्मीकी आमासँग निर्मलाले धेरैबेर कुरा गरिन् । दुःख र गरिबीका, धनसम्पत्ति र ताकतका अनि ईज्जत र आइमाईका कुरा । नजिक भएर, आत्मीयताका साथ । आखिर उनले वर्षौं पढेको र लेखेको विषय महिला न हो !

भ्mयालमा उभिएर आफूले पानी चारेका रंगीन फूल हेर्दै थिई लक्ष्मी । फूलमा घुम्दै गरेका रंगीन पुतली पनि हेर्दै थिई ऊ । आउँदा उसलाई केही थाहा थिएन, घर फर्कदासम्म उसले थाहा पाइसकेकी थिइ– गाउँमा स्कुल जाँदा बाटोमा पर्ने बाघेओढारको जंगलभन्दा यो शहर बढी डरलाग्दो छ किनकि उसले जंगल पार गर्नुपर्दा कहिल्यै बाघ भेट्नु परेन ।

निर्मलाको आँखामा आँसु थिए । हातमा पैसाको मूठो थियो ।

लक्ष्मीकी आमाले निर्मलाका केही कुरा बुझिन्, केही कुरा थोरै मात्र बुझिन् र धेरै कुरा बुभ्mदै बुझिनन् ।

उनको आँखामा पनि आँसु थिए तर लाचारीले भरिएका ।

‘ईज्जत तिम्रो पनि छ दिदी, मेरो पनि छ । यो ईज्जत जोगाउने जिम्मा अब तिम्रो हातमा ।’ पैसा हातमा दिदै भनिन् निर्मलाले र अघिदेखि भाइब्रेट भइरहेको मोबाइलमा कुरा गर्न थालिन् अलि पर भ्mयालबाट बाहिरतिर हेर्दै ।

‘लक्ष्मी के–के छ तेरो सामान, झोला तयार पार । अब हिँड्नुपर्छ बाबै । धेरै ढिला भइसकेछ छोरी !’ यसपटक आमाले लक्ष्मीलाई अह्राइन् ।
०००

By

Readers Comments (0)