Filed Under:  कविता

हिजो र आज | रमेश पाण्डेय

5th December 2015   ·   0 Comments

Ramesh Pandeyaहिजो
मग्मगाउँथ्यो तिमीमा सुन्दर बासना
बेलपत्रको पत्र–पत्र सँगै
आज
बैंस चढेछ शायद
कलिलैमा चुँडिदैछ ।

हिजो
खनखन बज्ने ती चुराहरु
सिउँदोमा भरिएको सिन्दूर
अनि त्यो रातमा
साक्षी बसेका अग्नि पनि
आज
विरहीमा रुँदैछन्
आफ्नो लाश आफै बोक्दै
उल्टो शङ्ख बजाउँदै ।

हिजो
सँगै कावा खाँदै
स्वतन्त्रताको महसुस गर्दै
उड्ने ती मलेवाका जोडीहरु
आज
स्वेच्छाचारी चीलको षड्यन्त्रमा पर्दै
बिस्तारै–बिस्तारै
आफ्नो चिता आफै सजाई
मौन निद्रामा
सुत्दैछन् चितामाथि ।
०००

By

Readers Comments (0)