Filed Under:  काका र फुचुङ्ग्री | लल्लुराम

काका र फुचुंग्री | २०७१ फागुन १६

28th February 2015   ·   0 Comments

फुचुंग्री : आजभोलि लाठी र मुङ्ग्रोको कुरा धेरै सुनिन थाल्या छ काका । के रै’छ हँ यो लाठी र मुङ्ग्राको कुरा ?

काका : तेरा वाइसिएलका अङ्कलहरुले राजधानीमा झ्याम्मै लाठी र मुङ्ग्रो लिएर जुलुस निकाले रे । भोलि शनिबार पनि काठमाडौंमा एमाओवादीको ठूलो शक्ति प्रदर्शन छ रे । पहिले लाठी र मुङ्ग्रो लिएर जुलुस लगाउनेले फेरि अरु हतियार पनि ल्याउने हुन् कि भनेर तेरा कांग्रेस र एमालेका अंकलहरु थरथर काँपेका त होलान् नि फुच्ची ।

फुचुंग्री : अनि एमाओवादीसहितका दलहरुले राजधानीमा ऐतिहासिक शक्ति प्रदर्शन गरेपछि त “प्रक्रिया” मा जाने काङ्ग्रेस र एमालेले त हारिहाल्ने भए नि ?

काका : त्यै त हो नि फुच्ची ! सडकमा र संघर्षमा त कम्निष्टहरुले जितिहाल्छन् । त्यहाँ सधैं कम्निष्टहरुको बहुमत हुन्छ । चुनावमा अल्पमतमा परेर पो मार्छन् त !

फुचुंग्री : अनि हाम्रा लोकमान हो कि ठोकमान सिंह कार्की अंकलले त आफ्नी छोरीको बिहे कुनै तडकभडक नगरी सामान्यरुपमा गरेछन् नि ?

काका : तडकभडक गरेपछि त “जो जान्ने उही भनेको नमान्ने” भनेजस्तो भैगो नि फुच्ची । अरुलाई तडकभडक गर्न नदिने नियम बनाउनेले आफै त्यस्तै गर्न थाले के होला ? हुन त “दाइजो”मा प्रतिबन्ध लागेपछि “उपहार” र “ग्याँस पेपर”मा प्रतिबन्ध लागेपछि “सहयोगी पुस्तिका”को चलन चलेको जस्तै पो हो कि

फुचुंग्री : हाम्रा राष्ट्रपति अंकलले त संवैधानिक निकायमा भागवण्डा नगर भनेर नेताहरुलाई भन्नुभएछ काका । राजनीतिक दलहरुले त भागवण्डा पो गर्दा रैछन् नि ?

काका : उफ !!! के के सोध्छे यो फुचुंग्री पनि ???!!!

By

Readers Comments (0)