Filed Under:  कविता

क्रान्तिका दूतहरुसित

28th February 2015   ·   0 Comments

Narayanprasad Sharma- नारायणप्रसाद शर्मा

हेर–हेर
विश्व थर्काउने सञ्चारक्रान्ति
आफैतर्फ पनि फर्केर हेर
जनतामा पुगेर भ्रान्ति बन्छ कि ?
क्रान्तिको अमृत पान गर्ने अधिकार
परजीवी कीराले पो लिन्छ कि ?

ए परिवर्तनका मसाल बोक्नेहरु
ज्योति ढल्काऊ अँध्यारोतिर
कतै विभ्रम नहोस् तिमीलाई
छट्टूहरुको नजर परेर ।

कसैका हातहरु सुनका बार बनेर
तिमीलाई छेक्न सक्नेछन्
चाँदीको कचौरामा चिया दिन सक्नेछन्
पूर्वलाई पश्चिम भनेर
दिग्भ्रमित पार्न सक्नेछन् ।
०००

By

Readers Comments (0)