Filed Under:  विचार | टिप्पणी

नेपाली साहित्यको वर्तमान अवस्था

28th February 2015   ·   0 Comments

Hiramani Dukhi- हिरामणि दुःखी

नेपाली साहित्य दुई विपरीत धाराबाट एकसाथ समानान्तर रूपमा अघि बढिरहेका छन् । ती दुई विपरीत धारा भनेको साहित्यको भाषामा कलावादी धारा र प्रगतिवादी धारा हुन् । राजनीतिक पदावलीमा यिनलाई बुर्जुवा अर्थात् यथास्थितिवादी÷पश्चगामी धारा र माक्र्सवादी धारा भनेर चिनिन्छ । प्रभावका हिसाबले नेपालमा प्रगतिवादी धाराको साहित्यको स्थान नै अग्रभागमा छ । यद्यपि यो धाराको साहित्यलाई मूल धारमा रहेका भनिएका सञ्चार क्षेत्रले स्थान दिएका छैनन् । किनकि नेपालका ठुलठूला सञ्चार संस्थाहरूलाई बहुर्राष्ट्रिय कम्पनीहरूले आफ्नो प्रभावभित्र कैद गरेका छन् र ती संस्थाहरू कर्पोरेट मिडियाका रूपमा सञ्चालित छन् । त्यसैले ती सञ्चार संस्थाहरूको काम भनेको बुर्जुवा साहित्यलाई प्रोत्साहन दिनु, झाङ्गिन दिनु र आम जनतामा त्यसको जबर्जस्त प्रभाव पार्नु हो । त्यसो गर्दा जनतालाई अग्रगामी विचारतर्पm जानबाट रोक्न सकिन्छ । यसका लागि अवरोधका रूपमा आउने प्रगतिवादी धारालाई निरुत्साहित गर्नु जरुरी हुन्छ । यसकारण उनीहरू प्रगतिशील तथा प्रगतिवादी धाराका साहित्यलाई स्थान दिदैनन् । दिनु उपयुक्त ठान्दैनन् । यो उनीहरूको वर्गीय पक्षधरता पनि हो । सञ्चार क्षेत्र स्वयम्मा वर्गीय विचारधाराबाट प्रभावित र सञ्चालित हुन्छ । किनकि माक्र्सवादले समाजका हरेक कुरा वर्गीय हुन्छ भनेर पुष्टि गरिसकेको छ । त्यसैले कर्पोरेट मिडियाहरूले आफ्नो वर्गको सेवा गर्नुपर्ने भएकाले अर्को वर्गको सेवा गर्ने कुरा आउँदैन । प्रगतिशील साहित्यलाई स्थान नदिनुको मुख्य कारण यही नै हो ।

आजको युगलाई सञ्चारको युग पनि भन्ने गरिन्छ । विश्व भूमण्डलीकरणमा पनि सञ्चारकै प्रभाव मुख्य रहेको छ । सञ्चारले नै साहित्य, कला र संस्कृतिलाई विश्वव्यपिकरण गरेको छ । साहित्य कलासँग संस्कार र संस्कृति अन्तरघुलित भएर आएको हुन्छ । साथै यसको मुख्य उद्देश्य अर्थराजनीतिलाई विस्तार गर्नु र विश्व बजारलाई साम्राज्यवादीहरूको पकडमा पु¥याउनु हो । टेलिफोन, रेडियो, टेलिभिजन र मोबाइल हुँदै आज इन्टरनेटको तिव्रतर विकासले गर्दा बुर्जुवा साहित्य, कला र संस्कृति हरेक व्यक्तिको हात–हातमा पुगेको छ र त्यसले प्रत्येक व्यक्तिको मनमष्तिष्कमा जबर्जस्त प्रभाव पार्न सफल भएको छ । यसले मानिसमा उपभोक्तवादी चेतना फैलाएको छ । उपभोक्तावादले गाँजेको छ । बुर्जुवा साहित्य कलाको विस्तार र प्रगतिशील साहित्य कलाको विस्थापन गर्नमा सञ्चार भूमण्डलीकरणले भूमिका खेलेको छ । यसबाट नेपाली साहित्य, कला र संस्कृतिको क्षेत्र पनि आक्रन्त बन्दै गएको छ ।

हाम्रो देश अर्धसामन्ती तथा नवऔपनिवेशिक अवस्थाको मुलुक हो । यस्तो मुलुकको राजनीति, अर्थनीति, संस्कृति आदि सबै क्षेत्रमा वैदेशिक हस्तक्षेप तिव्र हुन्छ । मुखर हुन्छ । नेपालमा पश्चिमा संस्कृति प्रभावी बन्दै गएको छ । पश्चिमा संस्कृतिसँगै पश्चिमा विचार पनि भित्रिएको छ । त्यो विचार र संस्कृतिले आज आम नेपालीहरूलाई उपभोक्तावादी बनाउँदै लग्न थालेको छ । सामन्तवादले थोपरेको दास मानसिकताभन्दा अझ बढ्ता दासत्वभाव पैदा गराएको छ । स्वाधीन चेतनामा पराधीन चेतना थोपरेको छ । शाषक वर्ग त पुरैका पुरै लम्पसार परेर दलाली गरिरहेका छन् । त्यसमा उनीहरू लाजै नमानेर अझ गर्व पो गर्दछन् । यस्तो छ हाम्रो देशको अवस्था । यस्तो उपभोक्तावादी, उत्तरआधुनिकतावादी सोच, चिन्तन, विचारको प्रभाव विस्तार भइरहेको हाम्रो देशमा प्रगतिवादी विचारधारका साहित्य अझ बढी आवश्यक छ । व्यापक रूपमा प्रगतिशील साहित्यको विकास र विस्तार गरिनु पर्दछ ।

पुँजीवादी विचारले थोपरेको उपभोक्तावादी साहित्य कलाको तुलनामा प्रगतिशील साहित्य, कला र संस्कृतिको प्रभाव कम भएको होइन । परन्तु आम जनतामा यो जसरी पुग्नु पर्दथ्यो त्यसो हुन सकिरहेको छैन । नेपालका वामपन्थी पार्टीहरूका आ–आफ्ना साहित्यिक सांस्कृतिक सङ्गठनहरूका माध्यमबाट प्रगतिशील साहित्य संस्कृति विस्तारित भइरहेका छन् । त्यसका साथै वामपन्थी साहित्यकारहरूको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घले पनि देशव्यापि विस्तारित सङ्गठनका माध्यमबाट पनि प्रगतिशील विचारधारालाई अगाडि बढाएको छ । तर यो यथेस्ट मात्रामा पुगेको छैन ।

आज बुर्जुवा क्षेत्रबाट प्रगतिवादी विचारधाराका साहित्यलाई विचारले लादिएका नारा मात्र हुन्छन् कला हुँदैनन् भनेर आरोप लगाउने गरिएको छ । सत्य कुरा त्यसो होइन । पुँजीवादी बजारु साहित्यमा विचार हुँदैन भन्नु सही होइन । कलाका हिसाबले बजारु साहित्य अलि बढी राम्रा होलान् तर ती विचार बिनाका हुन्छन् भन्नु तथ्यसङ्गत कुरा होइन । कलाका नाममा उनीहरूले झन् बढी खतरनाक र मरणशील विचार पस्किरहेका हुन्छन्, छन् ।

यतिबेला साहित्यको बजारीकरण भइराखेको छ । बजारीकरण भनेको पुँजीपति वर्गले आफ्ना कारखानाबाट उत्पादित माललाई बिकाउनका लागि साहित्यलाई विज्ञापनका रूपमा लिनु हो । जब–जब बहुर्राष्ट्रिय कम्पनीहरू प्रभावी बन्दै आए तबदेखि बहुर्राष्ट्रिय कम्पनीहरूले साहित्य, कला, गीत सङ्गीत, संस्कृति, दर्शन, विज्ञान आदि विषयहरूलाई बिकाउ मालका रूपमा प्रयोग गर्दै आए । बजारवाद वित्तीय पुँजीवादको हिजडा विचारधारा हो । जब बजारवादले नवउदारवादी नीति अघि सा¥यो तब उसले साहित्यलाई कथित लोकप्रियता (पपुलर)को जामा पहि¥यायो । यसरी लोकप्रिय कला भनेर बजारीकरण गरियो । त्यसका निम्ति साहित्य, कला र संस्कृतिमा प्रयुक्त हुने वर्गीय विचारधाराको निषेध गरेर कलाका नाममा यौनवादी विचार पस्क्यो । र, त्यस्ता साहित्य कलालाई आफ्ना कारखाना उत्पादित वस्तुको विज्ञापनका रूपमा प्रयोग गरे । गर्दै आएका छन् । माक्र्सवादले साहित्यको विशिष्ट मूल्य हुने कुरालाई स्वीकार गर्छ । यस्तो विशिष्ट मूल्यलाई बजारीकरण गर्दा साहित्यको विशिष्ट मूल्य गौण हुन्छ र उपभोक्तावाद प्रभावी भएर आउँछ । जब उपभोक्तावाद केन्द्रभागमा आउँछ तब साहित्यलाई कर्पोरेट हाउसमा लगेर जोडिदिन्छ ।

आज हाम्रो जस्तो तेस्रो विश्वका मुलुकहरूमा वित्तीय पुँजीवादले बहुराष्ट्रिय कम्पनीमार्फत् नवऔपनिवेशीकरण गर्दै आएका छन् । त्यही औपनिवेशीकरणका रूपमा साहित्यलाई पनि बजारीकरण गर्ने होड चलाइएको छ । साहित्यको समाजपरक र सौन्दर्यपरक भूमिकालाई नष्ट गर्नु बजारीकरणको प्रमुख उद्देश्य हो । बहुराष्ट्रिय कम्पनीहरूको मुख्य उद्देश्य नाफा कमाउनु हो । त्यसका निम्ति बजारको आवश्यकता पर्छ र बजार विस्तार गर्न त्यो देशको राजनीति आफ्नो अनुकूल हुन जरुरी हुन्छ । त्यसका लागि मान्छेलाई चेतनाशून्य बनाउनु र आफ्नो भजन गाउने दासहरू जन्माउनु बहुराष्ट्रिय निगमहरूको रणनीति हुन्छ । त्यसका लागि साहित्य, कला, भाषा, संस्कृति, खेलकुद र मनोरञ्जनका यावत प्रसाधन आदि आफ्नो कब्जामा लिनु अनिवार्य हुन्छ । यसैले हाम्रो जस्तो मुलुकमा साहित्यको बजारीकरण गर्ने प्रक्रिया बढेर गएको हो ।

जहाँसम्म यसरी तिव्रतर रूपमा बढ्दै गएको बजारीकरणलाई रोक्नका लागि प्रगतिशील संस्था, सङ्गठनहरूले खेल्ने भूमिकाको कुरा छ त्यसमा हामी सचेत हुनु पर्दछ । परन्तु बजारीकरणका निम्ति राज्यव्यवस्थाले नै छुट दिएर अझ प्रोत्साहन दिएकाले हामीले त्यसलाई रोक्न त असम्भव जस्तै भएको छ । तथापि हामीले त्यसको व्यापक भण्डाफोर गर्ने, गोष्ठी सेमिनार जस्ता साहित्यिक गतिविधिमार्फत् जनतालाई सचेत, जागरुक बनाउनेसम्मका कार्य गर्न सक्छौं र गर्नुपर्दछ । देशको शासन व्यवस्था नै दलाल र नोकरशाहहरूको कब्जामा भएकाले हाम्रो विरोधका स्वरहरूले मात्र बजारवादका रौं पनि हल्लाउन निकै कठिन हुँदो रहेछ । तथापि साहित्यको बजारीकरणको सशक्त विरोध गर्नु र भण्डाफोर गर्नु जरुरी छ ।

सङ्क्षेपमा के भन्न सकिन्छ भने प्रगतिशील वा प्रगतिवादी साहित्य जीवनबोधी हुने भएकाले गतिशील समयले निर्माण गरेको जनताको चेतनालाई झङ्कृत पार्ने साहित्य लेखन आजको आवश्यकता हो । त्यसतर्फ प्रगतिशील क्षेत्रको ध्यान जानु पर्दछ । यसका साथै छरिएर रहेका फुटकर साहित्य र साहित्यकारहरू जो प्रगतिशील÷प्रगतिवादी छन् लाई केन्द्रीय भावधारामा समेट्न जरुरी छ । त्यो काम प्रलेसका माध्यमबाट गर्न सकिन्छ र गर्नु पनि पर्दछ । हामीले हाम्रा साहित्यलाई अझ बढी पठनीय, मननीय बनाउनका लागि हाम्रा रचनामा परिष्कार गर्न जरुरी छ । त्यसका लागि हामीले रचना सिर्जनाका सन्दर्भमा देशव्यापी स्कुलिङ चलाउन जरुरी भएको छ । त्यसो ग¥यौं भने हाम्रो प्रभाव व्यापक हुन्छ ।

By

Readers Comments (0)