Filed Under:  कविता

आकाश र चराहरु | गिरिराज शर्मा

21st February 2015   ·   0 Comments

giriraj_sharma1स्वच्छ र
मुक्त छ आकाश
बहुमति, सहमतिको
रडाको छैन त्यहाँ
त्यसैले त चराहरु
कुनै सिमाना बाँधेका
छैनन् त्यहाँ,
त्यहाँ पनि थरिथरिका
चराहरु छन्
मिल्तीमा छन् उनीहरु
र त प्रदूषण छैन त्यहाँ
ठूलाथरि सानाथरि
चराहरु भए पनि
सहमतिमै रमाएका छन्
आकाशभरि ।
कति सुन्दर छ आकाशको छवि
बिहानीमा राताम्य भएर
सगरमाथा रंगाउँछ
हाँस्दै गरेर जून
लालुपाते र गुराँसका
डालीडालीमा रमाउँछ
यो खुशीमा
चम्चमाइरहन्छन् ताराहरु
शरदमा तालचरीका बथानहरु
ओर्लन्छन् तलतिर
यस्तै– यस्तैमा लेख्ने गर्छन्
कवि कलाकारहरु
देश बनाउने कुरा, देश रमाउने कुरा
निकम्माहरुका लागि
कति प्रेरणादायी छ आकाश
त्यसैले त–
हेर्दै– हेर्दै तलतिर
धर्तीलाई ललकारिरहेछ ।

By

Readers Comments (0)