Filed Under:  मनोरञ्जन, रंग तरेली

प्रतीक्षा इच्छाको के. एल. पीडित

14th February 2015   ·   0 Comments

ichchhaभद्दा, अश्लील एवं स्तरहीन चलचित्रबाट वाक्क दिक्क भएका नेपाली दर्शकहरु अब चलचित्र इच्छाको प्रतीक्षामा रहेका छन् । पारिवारिक कथावस्तुको उठान गरिएको यो चलचित्र सबै दर्शकहरुलाई लक्षित गरी बनाइएको छ । परिवारका सबै सदस्यहरुले एकसाथ बसी यो चलचित्र हेर्न सक्छन् ।

चलचित्र इच्छा यही फागुन ८ देखि नेपालभर प्रदर्शन हुँदैछ । नेपालका करीब ७० जति सिनेमा घरहरुमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । त्यसदिन रिलिज हुने चलचित्र इच्छा एक्लो हो । नायक आर्यन सिग्देल अभिनित माला र आवेगको प्रदर्शन मिति सारिएपछि इच्छाको दबदबा ह्वात्तै बढेको छ । निर्माणका एवं कथावस्तुका दृष्टिकोणले इच्छा निकै उत्कृष्ट भएको ठहर गरी माला र आवेगको युनिट ब्याक भएको अनुमान गरिएको छ ।

चलचित्र इच्छाका निर्देशक मुनाल घिमिरे हुन् । पछिल्लो समय नेपाली चलचित्र उद्योगमा घिमिरे सार्थक चलचित्र निर्माण गर्नेहरुको अग्रपंक्तिमा छन् । आफ्नो मान्छे आफ्नै हुन्छ, श्रीमान श्रीमती उनका सुपरहिट चलचित्र हुन् ।

फरक–फरक पुस्ताबीच एकअर्काको इच्छा भावना नबुझ्दा हुने द्वन्द्व चलचित्र इच्छाको मूल कथावस्तु हो । अभिभावकले सन्तानको र सन्तानले अभिभावकको इच्छा र भावनाको कदर गर्नुपर्छ भन्ने सन्देश इच्छाले दिएको छ । यसो भएमा परिवारमा सुख, समृद्धि र खुशीयाली छाउँछ । यो चलचित्र पूर्णरुपमा पारिवारिक बनेको छ । इच्छामा द्वन्द्व, रोमान्स र हाँस्यको त्रिकोणात्मक संयोजन निकै बेजोड छ ।

ichchha 1इच्छामा नेपाली चलचित्र उद्योगका सर्वाधिक प्रभावशाली कलाकारहरुको अभिनय रहेको छ । दयाहाङ राई, सुवास थापा, शिखा शाही, ओम प्रतीक, देशभक्त खनालको बेजोड अभिनय इच्छामा देख्न सकिनेछ । नायक आकाश पलले यसै चलचित्रबाट डेब्यू गरेका छन् ।

यो चलचित्र दाङमय बनेको छ । यसका निर्देशक मुनाल घिमिरे, कार्यकारी निर्माता रोम वली, निर्माताहरु प्रकाश घिमिरे, लक्ष्मण पौडेल, नायक आकाश पल, गीतकार लोकराज अधिकारी दाङकै हुन् । यस चलचित्रको छायांकन पनि प्रायः दाङमै गरिएको हो । इच्छामा धारापानी, तुलसीपुर, घोराही, हर्नोक, लमही एवम् भालुबाङका रमणीय दृश्यहरु कैद गरिएको छ ।

Munal Ghimierदङाली दर्शकहरुलाई चुले निम्तो छ

–मुनाल घिमिरे निर्देशक

‘इच्छा’ चलचित्र दर्शकहरुले कहिले हेर्न पाउँछन् ?

यही फागुन ८ गतेदेखि इच्छा अल नेपाल रिलिज हुँदैछ ।

‘इच्छा’ कस्तो चलचित्र हो ?

‘इच्छा’ सम्पूर्ण खुराक भएको कमेडी लभस्टोरी एवं पारिवारिक चलचित्र हो ।

दर्शकले ‘इच्छा’ किन हेर्ने ?

यो सम्पूर्ण दर्शकहरुको राम्रो अनि हाम्रो चलचित्र हो । स्वस्थ मनोरञ्जनका लागि दर्शकहरुले यो चलचित्र हेर्नुपर्छ ।

इच्छाको सन्देश के हो ?

एकले अर्काको भावना र इच्छाको सम्मान गर्नुपर्छ भन्ने इच्छाको सन्देश हो ।

यो चलचित्रबाट तपाईंले कस्तो अपेक्षा गर्नुभएको छ ?

मैले निर्माण गरेका विगतका चलचित्रहरुबाट दर्शकहरुले मेरो मूल्यांकन गरिसक्नुभएको छ । मैले निर्माण गरेका आफ्नो मान्छे आफ्नै हुन्छ र श्रीमान श्रीमती हिट भए । इच्छाले अवश्य नै दर्शकहरुको इच्छा पूरा गर्नेछ । म निकै आशावादी छु ।

अन्त्यमा ?

फागुन ८ देखि इच्छा चल्दैछ । यो हामी दङालीहरुले बनाएको चलचित्र हो । तपाईहरु सबैजना इच्छा हेर्न आउनुहोला । दङाली दर्शकहरुलाई चुले निम्तो छ । अनि इच्छा हेरेर हामीलाई माया र प्रेरणा दिनुहोस् । हामी तपाईहरुको साथ र समर्थनमा अघि बढ्नेछौं ।

By

Readers Comments (0)