Filed Under:  मनोरञ्जन

‘चलेछ बतास सुस्तरी’को शुभमुहूर्त

14th February 2015   ·   0 Comments

- कुसुम लेकाली

नेपाली चलचित्र क्षेत्रमा नामी कथाकार तथा लेखक प्रदीप भारद्वाजले निर्माण गर्न थालेको चलचित्र “चलेछ बतास सुस्तरी” को शुभमुहूर्त गरिएको छ । राजधानीको कमलादीस्थित गणेश मन्दिरमा विधिवत् रुपमा यसको शुभमुहूर्त गरिएको हो ।

अरुण फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको “चलेछ बतास सुस्तरी” तेसो चलचित्र हो । यो चलचित्रलाई डेब्यु निर्देशक सब्बु सुबेदी र अनिला खड्काले निर्देशन गर्दैछन् । दुई निर्देशक अनिला र सब्बुले स्क्रिप्ट तथा क्यामेराको पूजा गरेर चलचित्र निर्माणको घोषणा गरेका हुन् ।

चलचित्रको शुभमुहुर्त साइतमा नायक प्रमोद भारद्वाज, नायिका सुषमा कार्की र कलाकार पुष्प लुइँटेलले शुभमुहुर्त सट पनि दिए । शुभमुहूर्त सटको लागि क्यामेराको स्वीच अन सुरेन्द्र दियालीले गरेका थिए । त्यसैगरी कलाकार हेमन्त बुढाथोकीले क्ल्याप दिएका थिए । द्वन्द्व निर्देशक रोशन श्रेष्ठले नरिवल फुटाएका थिए भने निर्देशक ज्ञानेन्द्र देउजाले मुहूर्त सटमा एक्सन कमाण्ड गरेर चलचित्रको शुभमुहूर्त साइत गरेका थिए ।

चलचित्र “चलेछ बतास सुस्तरी” लाई सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानले खिच्नेछन् । चलचित्रमा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । त्यस्तै, रोशन श्रेष्ठको द्वन्द्व र सुरेन्द्र पौडेलको सम्पादन रहनेछ । विकास चौधरी र दाङकै चर्चित सङ्गीतकार सन्तोष रजौरेको सङ्गीत चलचित्रमा सुन्न पाइनेछ ।

नायक प्रमोद भारद्वाज, नायिका सुषमा कार्कीको साथमा डेब्यु नायक आकाश पलको मुख्य अभिनय रहनेछ । यस चलचित्रमा निशा नेपाल, डेबिट शंकर, पुष्प लुइँंटेल, हेमन्त बुढाथोकी, बालदीप राई लगायतका कलाकारहरुको अभिनय रहने भएको छ । चलचित्र माघको अन्तिम साताबाट फ्लोरमा जाने चलचित्रका निर्माण नियन्त्रक कृष्ण कोइरालाले बताए ।

By

Readers Comments (0)