Filed Under:  कविता

गजल | केशव थापा

14th February 2015   ·   0 Comments

Keshab_thapaआफ्नो बाटो नभुल्नु
आफ्नो माटो नभुल्नु

अग्लेजति अग्ल
समयको पाटो नभुल्नु

भोज त क्षणका लागि
घरको आटो नभुल्नु

सभ्यताको भाषा बोल्ने
छिमेकी लाटो नभुल्नु

रंगीन छ दुनियाँ
आङको फाटो नभुल्नु ।

By

Readers Comments (0)