Filed Under:  कविता

क्याबिन नं. २ | दीपक शर्मा ‘समीर’

7th February 2015   ·   0 Comments

Deepak_Sameerथियो २१ पौष २०७१
बोकी आशाका किरण
दोसाँधमा खुकुरीको धारसँगै
आफूलाई सुम्पिदिएँ
र, डसिरहेछन् निर्विरोध पिपासु नरबैंशीझै
देवता अवतारका राक्षसहरु
निको बनाउने बहानामा
अनि चिरिरहेछन् ब्लेडले
गोबिरहेछन् निडिलले
सिलाइरहेछन् क्याटगटले
हो त्यही हो ! ओटी
हो त्यही हो ! क्याबिन नं. २
जहाँ मजस्ता हजारौं
कतिको आशाको दीप निभ्यो
कतिको आशाको दीप बल्यो
सक्दिनँ भन्न म !
छट्पटाइरहेछु अझै त्यो पीडाले
केवल निको हुने आशामा
बेखबर छन् यतिबेला मेरा गाउँबस्ती
पर्खिरहेछन् सुनौलो खबरका लागि
सोधिरहेछन् बारम्बार परिवारले डाक्टरलाई
आफन्त, साथीभाइले परिवारलाई
बिरामीलाई कस्तो छ हँ ?
नसोध्नु पनि कसरी आशाको दीप न हुँ म
प्रश्न, उदाउनु र अस्ताउनुमा
हरेक पाटाहरु छिचोल्दै
उदाउँदो जीवनमा बर्सिरहेछन् मेरा आँखाबाट
बर्षातको झरीझैं मोतीका दाना
भिजिरहेछन् कलिला आँखाका नानीहरु
बनिरहेछ आशाको किरण
सम्झिरहेछु आफूलाई नयाँ जीवन प्राप्ती
अनि दुखिरहेछ अझै केवल सञ्चो हुने आशा बोकी
वैष्णवी अस्पतालकै ओटी र क्याविन नं. २ ।

By

Readers Comments (0)