Filed Under:  कविता

मन्दिरहरुमा | तिलक अधिकारी

7th February 2015   ·   0 Comments

फर्क–
शान्तिका लागि उडेका परेवा
आफ्ना गन्जकहरुमा
एकाबिहानै
मन्दिरहरुमा
पाप पखाल्न हिडेका अर्धाङ्ग जोडी छन्
अनि केही हिंस्रक मुकुण्डाहरु
जाग्राम बसेका भोका घण्टाहरुपछि
झुल्के घामको धारमा
यहाँका हत्याराहरुले
हत्या गर्दैछन्– बिभत्स हत्या
त्यसैले फर्क परेवा गन्जकहरुमा
एकाबिहानै
मन्दिरहरुमा
हिटलरहरु
रगतका फाल्साहरुमा शान्ति खोज्दैछन्
भन– शिला पुज्ने मान्छे
भगवान कहाँ छन् ?
भन– सुख खोज्ने मान्छे
यो मन्दिर या बधशाला ?
भन– शान्ति खोज्ने मान्छे
यो पाक या अफगान ?
त्यसैले फर्क–
प्राप्तिका लागि उडेका परेवा
आफ्ना गन्जकहरुमा ।
०००

By

Readers Comments (0)