Filed Under:  काका र फुचुङ्ग्री | लल्लुराम

काका र फुचुंग्री | २०७१ माघ २४

7th February 2015   ·   0 Comments

फुचुंग्री : हाम्रा बैद्यबाले त यस्सो केही समय बाहिरफेर डुलघुम गरेर फेरि प्रचण्ड अंकलसँगै एकता गर्ने निर्णय गर्नुभएछ । फर्किनु नै थियो भने बूढाले पार्टी पो किन फुटाएका होलान् हँ ?

काका : तेरा बैद्यबालाई अलग चुलो बनाएपछि अलि धेरै खान पाइन्छ कि भन्ने लाग्यो होला । बिचरा बूढालाई नेत्रबिक्रम चन्द ‘विप्लव’ले पनि खाल्डोमा हालेर आफू फुत्किहाले । त्यै भएर बूढाको बुद्धिको घैंटोमा घाम लाग्यो होला नि ।

फुचुंग्री : हो त है ? साँच्ची हाम्रा विप्लव अंकलले त आजै हो कि भोलि क्रान्ति गर्ने पो भन्दै हुनुहुन्थ्यो त । ग्याँसको सिलिण्डर वितरण गरेपछि चूपचाप पो बस्नु भो त है ?

काका : खै ? तेरा विप्लव अंकलले पनि अलि–अलि छाँटकाँट निकाल्न थालेका थिए क्यारे फुच्ची । अहिले त चूपचाप बसेका छन् क्यारे । तयारी पो गर्दैछन् कि ! के थाहा है ?

फुचुंग्री : दाङमा पनि अवैधरुपमा ढुंगाजन्य वस्तु उत्खनन गर्ने स्काभेटर र टिप्परलाई कारबाही हुन थालेछ काका । अब चाहिं केही हुन्छ कि क्या हो ?

काका : केही भएको जस्तो हुन्छ फुच्ची अनि फेरि क्यै पनि हुन्न । तैपनि राम्रो कामलाई त राम्रो भन्नैप¥यो । जेहोस् राम्रो होस् । कि कसो ?

फुचुंग्री : अनि हाम्रो उता संविधानसभा दोहोरीसाँझतिर के चलिरहेको छ कुन्नि ? आजभोलि कुन–कुन कलाकारहरुको दोहोरी चलिरहेको छ कुन्नि ? यस्सो भन्नुस् न काका ।

काका : उफ !!! के–के सोध्छे यो फुचुंग्री पनि ???!!

By

Readers Comments (0)