Filed Under:  कविता

सारी | घनश्याम अस्तित्व

31st January 2015   ·   0 Comments

Ghanshyam Astitoसारी – चराको मात्र नाम होइन ।

बिचित्रताले भरिएको
एउटा चित्र बोकेको
डहरे नामको खहरे खोलाले
सारी भित्रका दुई सारीहरु जोडेको छ
दुइ सरेलीका हजार मनहरु जोडेको छ

सार यतै भेटिन्छ
‘जिँउदाको जन्ती मर्दाको मलामी’ भन्नुको

सारी – चराको मात्र नाम होइन

सिरसिर–सिरसिर मसिनो हावा फ्याँकेर
पसिना पखालिदिने÷दुःख भगाइदिने
आँसु लुकाइदिने÷पीडा बिर्साइदिने
‘द ग्रेट फ्यान’ भन्न सुहाउने
चौतारोले घेरिएको
ठूलो बरको रुख छ– यसकै छातीमा

यसकै आकाशमा पनि
दिनभर आफ्नो एक जुनी बिताउँछ
एउटा सूर्य– हेरेर हाम्रो दैनिकी
रातभर ताराहरुलाई मोहित पार्दै
माझमा नाचिरहन्छे– एउटा सुन्दरी जून

सारी – चराको मात्र नाम होइन

गाउँ–गाउँले भरिएको
यो देशभित्रको एउटा गाउँ हो सारी पनि

गर्व, गौरवको उचाइ झल्काउने
शिरमा साउने पानी÷स्वर्गद्वारी छन्
हाम्रै जीवनको÷सुखको–दुःखको
भाका गाउँदै गाउँदै बग्छ काखबाट– माण्डबी

हरियो रङका बर्दीहरु बेरेर
बिना स्वार्थ हाम्रै सुरक्षार्थ
उभिएका छन्– चारैतिर पहाडहरु

यति हुँदाहुँदै
म किन भन्न नसकूँ
सारी – चराको मात्र नाम होइन ।
– सारी, प्यूठान

By

Readers Comments (0)