Filed Under:  काका र फुचुङ्ग्री | लल्लुराम

२०७१ माघ ३ गते शनिबार

24th January 2015   ·   0 Comments

फुचुंग्री : सुन्नु भो काका ? नेपालमा सबभन्दा फलिफाप भएको काम भनेको नेपाल बन्द । अब त नेपाल बन्द पनि गर्न नपाइने रे । अब त बन्दको पनि प्रतिकार पो हुन थालेछ है ?

काका : ‘मरता है तो क्या नहीं करता है ?’ भन्ने त हिन्दी उखानै छ फुच्ची । एक दिन, दुई दिन हुँदै बन्दमाथि बन्द थप्दै जान थालेपछि अलि–अलि त कराउनु पनि त प¥यो । जेहोस् आन्दोलनकारीहरुले पनि ट्याक्कै कुरा बुझेछन् । दुई दिनको बन्दलाई मिसाएर एकै दिनको बन्द गर्ने भए रे फुच्ची ।

फुचुंग्री : अघिपछि पूर्व र पश्चिम फर्किने एमाओवादी र वैद्य माओवादीबीच नेपाल बन्दका लागि भने अभूतपूर्व मिलन भएछ हगि ?

काका : यस्तै त हो नि फुच्ची । अब एक्लाएक्लै नेपाल बन्द गर्न पनि नसकिने । अर्को कुरा आन्दोलनबाटै मिल्न थाल्ने हो भने राम्रै त भो नि । यिनीहरुका बुद्धिको बिर्को खुल्दैन र पो ! कि कसो ?

फुचुंग्री : माघ ८ गते पनि आँगनमै आइसक्यो काका । हाम्रा नेता अंकलहरुले संविधान ल्याउन सक्ने देख्नुहुन्छ र भन्या ?

काका : चोर बाटो हिड्न बानी परेका तेरा नेता अंकलहरुले यसै गर्न सक्छन् भनेर भन्नै नसकिने भो फुच्ची । यिनीहरुले माखै नमारी बस्न पनि सक्छन्, आखिरमा केही ल्याएर आउन पनि सक्छन् । तँ फुच्चीलाई यति चाँडै किन आत्तिनु परेको छ र ? अब त आइसक्यो नि समय । हेरम् ….।

फुचुंग्री : अब त सरकारी डाक्टरसापहरुले निजी अस्पतालमा काम गर्न नपाउने तगडा नियम पो ल्याउन थालेछ । डाक्टरसापहरुको विजोग हुँदैन र भन्या ?

काका : उफ !!! के के सोध्छे यो फुचुंग्री पनि ???!!!

By

Readers Comments (0)