Filed Under:  रिपोर्ट, विचार | टिप्पणी

संकटमा सुधार केन्द्र | जे. एन. सागर

10th January 2015   ·   0 Comments

sudhar_homeकुलतमा लाग्नेहरु दिन दुइगुणा रात चौगुणाले बढ्दैछन् । यो अस्वाभाविक वृृद्धिले परिवार र समाजमा भाँडभैलो मच्चिएको छ । घरपरिवार उजाडिएको छ भने असल सन्तान बनाउने अभिभावकको सपना टुट्दैछन् । दुव्र्यसनीहरुमा उमेर पाकेकाहरुको कमी त छैन नै । त्यसमा युवा र बालबालिकामा बढेको कुलतले भविष्य डरलाग्दो बन्दै गएको छ भन्छन् पूर्वदुव्र्यसनीहरु ।

दुव्र्यसनीको संख्या बढिरहेको छ तर त्यसको रोकथाममा कोही छैनन् । सुर्ति, पुकार र चुरोटका बट्टामा खतरनाक स्टिकर लगाउनुबाहेक अरु काम न राज्यबाट हुन सकेको छ न त अभिभावक स्वयं कुलतप्रति संवेदनशील छन् । पूर्व दुव्र्यसनीहरुका अनुसार अहिले सबैभन्दा विद्यालय र कलेजका विद्यार्थीहरु कुलतमा फस्दै गएका छन् । पछिल्लो तथ्यांकअनुसार राप्ती अञ्चलमा मात्रै ब्राउन सुगर, चरेस, ट्याब्लेट, फेनार्गन र सर्फिन हान्नेहरु पाँच हजार बढी छन् । त्यसमा सबैभन्दा धेरै दाङमा दुई हजार बढी छन् । अझ रक्सी, चुरोट, सुर्ति, पुकार, गुट्खा खाने कुलतीहरुको संख्या त लाखमा छ । यो संख्यामा सबैभन्दा बढी टिनएजर गु्रप छ ।

यी कुलतीका कारण घर परिवार नै भाँडिने अवस्था आएपछि पीडित परिवार सुधार केन्द्र धाउन थालेका छन् । तर राप्ती अञ्चलकै एकमात्र दुव्र्यसनी सुधार केन्द्र भने आर्थिक संकटमा पर्दै गएको छ । २०६७ मा तुलसीपुरमा स्थापना भएको भैरव युवा सशक्तिकरण तथा लागूपदार्थ उपचार एवं पुनःस्थापना केन्द्र दुव्र्यसनीलाई सुधार्न जसरी लागेको छ आफू आर्थिक संकटको दलदलमा पनि त्यत्तिकै भासिदैछ । पूर्व दुव्र्यसनी सुनिल लामिछानेले सञ्चालन गरेको उक्त सुधार केन्द्र अहिले मासिक ५० हजार हाराहारीको घाटा व्यहोरिरहेको छ । घरभाडा मात्रै मासिक १५ हजार तिर्छन् । जसले एक मात्र सुधार केन्द्र पनि बन्द हुने खतरामा रहेको सञ्चालकहरु बताउँछन् ।

home_1तुलसीपुर– ४ खर्चवामा घर भाडा लिएर सञ्चालन गरिएको सुधार केन्द्रमा अहिले २९ जना दुव्र्यसनीको उपचार गरिदैछ । उनीहरुलाई पुनर्जीवन दिन केन्द्रले मासिक २ लाख खर्च गरिरहेको छ । सञ्चालक सुनिल भन्छन्, ‘दुव्र्यसनीको हेरचाह ज्यादै चुनौतिपूर्ण छ । एकातिर आर्थिक संकट छ भने अर्कोतिर नसाले मानसिकरुपमा विचलितहरुलाई सुरक्षित उपचार गर्न निकै कठिन छ । त्यसका लागि केन्द्रले काउन्सिलर, कार्यक्रम संयोजक, सहयोगी शिक्षक लगायत सात जना कर्मचारी राखेको छ । दुव्र्यसनी थपिएको थपियै छन्, कर्मचारी उत्ति नै छन्’ सञ्चालक लामिछानेले भने, ‘यसले आर्थिक बोझ पनि थपिदैछ ।’ दुव्र्यसनबाट पुरानै जीवनमा फर्किएका सुनिलले अन्य दुव्र्यसनीहरुलाई आफूजस्तै नयाँ जीवन दिन व्यक्तिगत प्रयासबाट थालिएको सुधार केन्द्रको आर्थिक जोहो दुव्र्यसनीकै परिवारले दिने सहयोग हो ।

‘कसैले १० हजारसम्म दिन्छन् नत्र २ हजारसम्म लिएर पनि दुव्र्यसनीलाई उपचार गरिरहेका छौं’, सुनिलले भने, ‘कम्तीमा तीन महिना सुधार केन्द्रमा राख्नुपर्छ । तीन महिनासम्म उनीहरुको खाना, नास्ता, औषधि उपचार, अतिरिक्त क्रियाकलाप, इन्टरनेट सेवा, पत्रपत्रिका, पुस्तक खरिदमा त्यो रकम अपुग हुँदै गएको लामिछानेले बताए । हुनेहरुले लागेको खर्चमा थपेर पनि दिने गरे पनि आर्थिक अवस्था कमजोर हुनेहरुलाई लागेकै खर्च पनि कडाइ गर्न सकिने अवस्था नरहेको उनले बताए । ‘बिग्रिएको मान्छे सुध्रिदा उनीहरुले दिने सम्मान पैसाभन्दा हजार गुणा बढी लाग्छ ।’ सुनिलले सन्तुष्टि व्यक्त गरे । तर दुव्र्यसनीको संख्या वृद्धि भइरहेकाले आर्थिक भार थेग्न भने सुनिललाई धौ–धौ छ ।

हुन त आर्थिक सहयोगका लागि स्थानीय निकायदेखि डलर खाने संघसंस्थासम्म उनी नपुगेका होइनन् । तर एक दुई व्यक्तिबाहेक अरु कसैले टेरपुच्छर नलाएको लामिछानेको दुखेसो छ । ‘असल नागरिक बनाउने काम राज्यको हो’, सुनिलले भने, ‘तर मैले सकेको गर्छु भनेर लाग्दा पनि राज्यका अंगहरु सहयोग गर्न मानिरहेका छैनन् । आर्थिक संकटकै कारण यदि सुधार केन्द्रहरु बन्द हुने हो भने पूरै नेपाल दुव्र्यसनीहरुको देश बन्न धेरै समय कुर्नु पर्दैन ।

By

Readers Comments (0)