Filed Under:  मनोरञ्जन

‘अंग प्रदर्शन गरेर चम्किने दिन गए’

10th January 2015   ·   0 Comments

Susmita_1- गणेश ओली

सबै मान्छेको इच्छा, चाहना, रहर र लक्ष्य हुन्छन् । लक्ष्य बनाउने सबैले फल प्राप्त गर्दैनन् । तर कसै–कसैलाई कर्म वा संयोगले नसोचेको सफलता मिल्छ । यस्तै मध्येकी एक हुन् नायिका सुस्मिता शाही । उनले लक्ष्य बनाएको थोरै अवधिमा धेरै सफलता प्राप्त गरिन् । सफलताको शिखर चुम्ने तरखरमा रहेकी सुस्मिताको चलचित्र क्षेत्रमा आशालाग्दो र रहरलाग्दो गरी छवि बन्दै गएको छ ।

काठमाडौंमा लामो समयदेखि कलाकारितामा लागेकाहरु पनि फिल्म नपाएर फूर्सदमा बसेका छन् । कति विदेश पलायन भएका छन् ।

तर नवलपरासीमा जन्मेर तीन वर्ष पहिले काठमाडौं छिरेकी सुस्मितालाई भने खाली बस्नुपरेको छैन । यो बीचमा उनले फुलस्टप, जञ्जीर, टिचर र पुनर्जन्म गरी तीन वर्षमा चार वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनी यसलाई आफ्नो अलिकति भाग्य र धेरै कर्मको फल ठान्छिन् । ‘मेरो कर्मले मलाई सफल बनायो र भाग्यले नै फिल्म क्षेत्रका राम्रा हस्ती मिलाइदियो’, उनी भन्छिन्, ‘जसको प्रेरणा र साथले मलाई गन्तव्यमा पुग्न सहजता भइरहेको छ । सबै नवनायिकालाई यस्तो अवसर भने आउँदैन ।’

Susmita (3)फिल्म क्षेत्रले प्रारम्भमा बौद्धिक र संघर्षशील कलाकार, निर्माता, निर्देशक पाएको थियो । यसको विकाससँग विभिन्न विकृतिहरु पनि भित्रिए । नायिका शाही यो विकृति अब कम हुँदै गएको ठहर गर्छिन् । ‘एक जमाना अंग प्रदर्शन गरेर पनि मान्छे हिरोइन भए’, शाहीले भनिन्, ‘अब क्षमता प्रदर्शन गरेर मात्र दर्शकको मन जित्न सकिन्छ ।’ पछिल्लो समयमा नयाँ–नयाँ सोच र कथामा फिल्म बन्न थालेकाले क्षमता र दक्षता हुने जो पनि फिल्म क्षेत्रमा सफल हुने उनको तर्क छ ।

नवलपरासीका गाउँघर, वनपाखामा डुल्दै आफ्नो प्रतिभा चिनेकी र लक्ष्य कोरिसकेकी सुस्मिताले घरको संघार काटेर चलचित्रको पर्दामा आउन अलिक संघर्ष गर्नुप¥यो । फिल्म क्षेत्रमा लाग्न उहाँले समाज, यस क्षेत्रमा स्थापित मान्छेसँग मात्र हैन घर परिवारसँग पनि उस्तै संघर्ष गर्नुप¥यो । ‘पहिले–पहिले त घरकाले नजा नजा भन्थे तर मेरो इच्छाको अगाडि उहाँहरुको केही लागेन’, सुस्मिताले भनिन्, ‘अहिले टिभी, पत्रिकामा मेरा समाचार, तस्वीर र अन्तर्वार्ता देखेर खुसी व्यक्त गर्नुहुन्छ ।’

फिल्म क्षेत्रमा केही गलत हल्लाहरु पनि सुनिने गर्छन् । यसलाई कि त भन्नेले जानोस् कि त भोग्नेले । सुस्मिताले भने अहिलेसम्म यस्तो भोग्नुपरेको छैन रे । उहाँ भन्नुहुन्छ, ‘फिल्म क्षेत्र आफैमा नराम्रो हैन तर केही नराम्रा र गलत नियत भएकाहरु यस उद्योगमा छिरेर समग्र उद्योगलाई नै बदनाम गरेका छन् ।’ यस क्षेत्रमा पनि विद्वान र असल मान्छे रहेको उनको तर्क छ ।

purnjanma-poster-nepali-movieसुस्मिता अभिनित पछिल्लो चलचित्र पुनर्जन्म फागुन २२ बाट देशभर प्रदर्शनमा आउँदैछ । फागुन १५ बाट चल्ने भनिएको चलचित्र पुनर्जन्म स्वर्गीय आलोक नेम्बाङको चलचित्र ‘अझै पनि’सँग नजुधाउने भन्दै फागुन २२ मा सारिएको हो ।

मोहनकृष्ण श्रेष्ठ निर्माता रहेको चलचित्रलाई सजन श्रेष्ठले निर्देशन गर्नुभएको छ । चलचित्रमा आर्यन सिग्देल, केकी अधिकारी, गजित बिष्ट, मिथिला शर्मा, विजय लामा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल, रुश्मा श्रेष्ठलगायतका कलाकारहरुले अभिनय गरेका छन् । क्यामेरामा शिव ढकाल र नवराज कृष्ण थापा रहनुभएको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

चलचित्र ऐतिहासिक तथा सत्य घटनामा आधारित भनिए पनि यसमा विश्वमा कतै नभएका तर नेपालमा मात्र भएका रीतिरिवाज, द्वन्द्वका कारण नेपाली समाजमा पारेको प्रभावसँगै प्रेम कथा पनि रहेको फिल्म निर्माण पक्षको दावी छ ।

प्रस्तुति : गणेश ओली

By

Readers Comments (0)