Filed Under:  काका र फुचुङ्ग्री | लल्लुराम

काका र फुचुंग्री [२०७१ मंसिर २०]

6th December 2014   ·   0 Comments

फुचुंग्री : सुन्नु भो काका ? प्रचण्ड अंकलसँग छुट्टिएर नेकपा–माओवादी बनाउनु भएका मोहन वैद्य अंकलले त आफूहरुले संविधान निर्माण र सरकारमा साझेदारी चाहेको बताउनुभएछ नि ?

काका : तेरा विप्लव अंकलले वैद्य बालाई घरको न घाटको बनाएर छोडिहाले रे । उहिले चुनावका बेलामा पटाका पड्काउनतिर लागे बूढा । यतिबेला पो चेत पलाएछ कि क्या हो ?

फुचुंग्री : अनि हाम्रा प्रचण्ड अंकल र डा. बाबुराम भट्टराई अंकलको पनि भागबण्डा त मज्जैले मिल्यो रे नि ?

काका : तेरा बाबुराम अंकल पनि न … न बाटो छोड्ने गर्दा गर्दै यत्रो वर्ष बिताइसके । नयाँ शक्ति जन्माउने भनेर हल्ला पनि निकै मच्चाए । आपसमा भागबण्डा मिलाएरै भए पनि सँगै बसे भने बरु क्यै गरिहाल्लान् । तेरा अंकलहरुले मिलिजुली खाने विचार गरेछन् । राम्रै भो फुच्ची ।

फुचुंग्री : डडेलधुराका जनताले त प्रधानमन्त्री, मन्त्री, सभामुख, सभासद्लाई “सभासद्ज्यू संविधान खै ? तपाईं किन मौन ? भन्दै दिनमा हजारौं एसएमएस पठाउने अभियान थालेछन् । क्या गज्जबको काइदा हगि ?

काका : डडेलधुराका जनताले काइदा त गज्जबकै काइदा भेटाएछन् । तर तेरा अंकलहरुलाई एसएमएसले होला र ? गालैमा थप्पड लगाउँदा त काम गरेनन् । गालामा चप्पलै बजाए केही हुन्थ्यो कि ?

फुचुंग्री : काकाले सुन्नु भो कि नाई ? हाम्रो दाङमा मात्रै दुईवटा नगरपालिका घोषणा भएछन् । नगरपालिका घोषणाको खुशीमा दीपावलीसमेत भो रे । नगरपालिका करपालिका बनेपछि सिमेन्ट उद्योग खुल्दा खुशी भएर अहिले पछुतो मानेको जस्तै पो हुने हो कि ?

काका : उफ !!! के के सोध्छे यो फुचुंग्री पनि ???!!!

By

Readers Comments (0)